नेविसंघकी पूर्व नेतृ पार्वती अधिकारीको अष्ट्रियामा निधन


प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार

नेपाल विद्यार्थी संघकी पूर्व नेतृ तथा अष्ट्रियाको नेपाली समाजमा सक्रिय सामाजिक अभियन्ता पार्वती अधिकारीको ४४ बर्षको उमेरमा अष्ट्रियामा नै असामयिक निधन भएको छ । डाक्टर अच्युत अधिकारीलाई उद्धृत गर्दै  नेपलिज डायस्पोराले प्रकाशित गरेको समाचार अनुशार  बिगत केहि बर्षदेखि क्यान्सरसंग लड्दै आएकी अधिकारीको क्यान्सर कै कारण निधन भएको हो ।

अष्ट्रियाको नेपाली समाजमा उल्लेख्य काम गरेकी अधिकारीको निधनबाट अष्ट्रियाको नेपाली समाज शोकमा डुबेको छ ।

अष्ट्रियामा जर्मनी भाषामा उच्च शिक्षा हासिल गरेकी अधिकारीले वोकु विश्वविद्यालयमा वायो टेक्नोलोजीमा पनि स्नातकोत्तर गरेकी थिइन् । उनले, श्रीमान अरुण शर्मा र नेपालीहरूले बिषेश पहल गरेपछि युराेपमै पहिलो पटक माध्यमिक तहसम्म नेपाली भाषा पढाउन अष्ट्रिया सरकारले मान्यता दिएकाे थियाे ।

आफ्नै नेतृत्वमा आफु बस्ने क्षेत्रको एउटा माध्यमिक बिद्यालयमा नेपाली भाषालाई बिद्यालय कोर्समा राख्न लगाएर आफैले पढाउन गरेको पार्वतीको त्याग र योगदानको अहिले अष्ट्रियामा सम्झना भईरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिकारीले नेपालमा रहँदापनि पाल्पा तानसेनको त्रिभुवन वहुमुखी क्याम्पस र जनता उच्च माविमा विज्ञान संकायमा अध्यापन गराएकी थिइन् ।

स्वर्गीय पार्वती अधिकारी काठमाडौंको स्वयम्भूमा घर भइ हाल अष्ट्रियामा श्रीमान् र दुई छोरा अनुपम र आयुषसंग बस्दै आएकी थिइन् । अधिकारीको अन्त्यष्टि अष्ट्रियामा नै माघ १७ गते गर्ने तयारी छ ।

नेपालमा हुँदा पार्वती त्रिभुवन बहुमखी क्याम्पस तानसेन पाल्पामा २०५५ देखि ५७ सम्म उनी स्ववियूको कोषाध्यक्ष समेत भएकी थिइन् । २०३२ सालमा पाल्पाको रामपुर १० गेझामा जन्मिएकी अधिकारीपाँच दाजुभाइ र ३ दिदीबहिनीमध्येकी एक हुन् । पार्बती अधिकारी नेपाली कांग्रेस पाल्पाका पुर्ब उपसभापती कृष्णप्रसाद अधिकारीकी कान्छि वहिनी हुन् ।

पाल्पाको तानसेनमा रहेको मुक्तिनाथ एफएममा पनि विज्ञान संसार कार्यक्रमको उत्पादक तथा प्रस्तोताको भूमिका निर्वाह गरेकी थिइन् । बिभिन्न सामाजिक संघ संस्थामा रहेर पनि उनले काम गरेकी थिइन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com