इरानको मिसाइल आक्रमणमा ५० अमेरिकी सेनाको मष्तिष्कमा दर्दनाक चोट लागेको खुलासा


प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार

इरानले जनवरीको सुरुमा इराकमा रहेको अमेरिकी निशानामा गरेको मिसाइल आक्रमणमा ५० जना अमेरिकी सेनाको मष्तिष्कमा दर्दनाक चोट लागेको खुलासा भएको छ । यो मिसाइल आक्रमणमा अमेरिकाले उतिबेला आफ्नो तर्फ कुनै क्षति नभएको बताएको थियो ।

पछि पेन्टागनले ३४ जनामा मष्तिष्कमा दर्दनाक चोट लागेको बताएको थियो भने त्यसपछि थप १६ जनामा यस्तो चोटपटक लागेको फेला परेको छ । ५० जनामध्ये ३१ जनाको इराकमा नै उपचार गरिएको छ भने उनीहरु ड्युटीमा फर्किसकेका छन् ।

अरु १८ जनालाई भने थप उपचारका लागि जर्मनी पठाइएको छ । यो संख्या अझ थपिन सक्ने समेत जनाइएको छ ।

इरानी मिसाइल हमलामा उक्त क्षेत्रमा रहेका कम्तीमा २ सय जनाको परीक्षण गरिएको छ । मष्तिष्कमा परेको असर तत्काल थाहा नहुने भएकाले पछि लक्षण देखिएपछि चेक गर्दा ५० जना अमेरिकी सेनामा मष्तिष्कमा असर परेको फेला परेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत जनवरी २ मा अमेरिकी कारवाहीमा इरानका सैन्य जनरलको मृत्यु भएपछि इरानले अमेरिकी निशानामा जनवरी ८ मा मिसाइल हानेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले मष्तिष्कमा लागेको चोट भौतिक चोटपटक जस्तो गम्भिर नहुने बताएका थिए । उनले केहीमा टाउको दुख्ने लगायतका समस्या देखिएपनि यो गम्भिर नभएको बताएका थिए ।

तर एउटा प्रभावशाली भेट्रान समुहले ट्रम्पले उक्त प्रतिकृयाको लागि माफी माग्नुपर्ने बताएका छन् । किनभने मष्तिष्कमा लागेको चोट निकै खतरनाक र गम्भिर हुने उनीहरुको तर्क छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com