कोरोना भाइरसका कारण अमेरिकी एयरलाइन्सबाट चीनका दुईतर्फी उडान रद्द


प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार

घातक कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि अमेरिका र चीनबीचका कैयन उडानहरु रद्द गरिएको छ । युनाइटेड एयरलाइन्सले बेइजिङ, हङकङ र सांघाई जाने र त्यहाँबाट अमेरिका आउने कैयन उडानहरु रद्द गरेको जनाएको छ ।

फरबरी १ देखि ८ सम्मका कम्तीमा २४ राउण्डट्रिप उडानहरु रद्द गरिएको छ । रद्द गरिएका उडानहरुमा हङकङबाट सान फ्रान्सिस्को र नेवार्कका उडानहरु, बेइजिङबाट वासिंटन डिसी, शिकागो र नेवार्कका उडानहरु, सांघाईबाट सान फ्रान्सिस्को, नेवार्क र शिकागोका उडानहरु रहेका छन् ।

अमेरिकन एयरलाइन्सहरुले कोरोना भाइरस संक्रमणपछि लिएको यो सबैभन्दा ठूलो निर्णय हो । अमेरिकन एयरलाइन्स, डेल्टा र युनाइटेड एयरलाइन्सले टिकटको उडानको मिति परिवर्तन गर्दा लाग्ने शुल्क मिनाहाको घोषणा गरेका छन् ।

अमेरिकन र डेल्टा एयरलाइन्सले भने आफ्ना उडानहरु रद्द गरेका छैनन् । तर अवस्थाको नजिकबाट अवलोकन गरेर भविश्यमा निर्णय लिने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म एकसयजना भन्दा धेरैको मृत्यु भइसकेको छ । अहिलेसम्म चीनमा मात्र ४५ सय भन्दा धेरैमा संक्रमण देखिएको छ ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कम्तीमा ५ वटा केसहरु भेटिएका छन् । अमेरिकाले आफ्ना २० वटा विमानस्थलमा आउने यात्रुहरुकाबारेमा चेकजाँच सुरु गरिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com