अलाबामा ३५ वटा डुंगाहरुमा आगो, २ वटा शव भेटिए, जलेका ७ घाइतेको उपचार हुँदै


प्रकाशित मिति : माघ १३, २०७६ सोमबार

अमेरिकाको अलाबामामा ३५ वटा डुंगामा आगो लाग्दा कैयनको मृत्यु भएको छ । अहिलेसम्म पानीबाट दुईपटा शवहरु निकालिएको छ । अलाबामाको ज्याक्सन काउन्टी पार्कमा दुर्घटना भएको हो ।

कम्तीमा ७ जना व्यक्ति हराइरहेको जनाइएको छ । अधिकांश डुंगाहरु घरायाशी प्रयोजनका डुंगाहरु रहेका थिए । डुंगा ल्याइरहेको डकपनि ध्वस्त भएको छ ।

दुर्घटनापछि ७ जनालाई जीवितै उद्दार गरेर अस्पताल लगिएको छ । उनीहरुका शरिरका भागहरु जलेको जनाइएको छ । उनीहरुलाई अत्याधिक तापका कारण हाइपोथर्मिया भएको हुनसक्ने भन्दै उपचार भइरहेको छ ।

आगो लागेपछि सातैजना पानीमा हाम फालेका थिए । सबैको अवस्था स्थीर भएको जनाइएको छ ।

घटनास्थल बर्मिंघमबाट १ सय माइल उत्तरपूर्वमा रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com