इराकको बगदादमा रहेको अमेरिकी दूतावासमा तीनवटा रकेट आक्रमण


प्रकाशित मिति : माघ १२, २०७६ आईतबार

इराकको बगदादमा रहेको अमेरिकी दूतावासमा तीनवटा रकेट आक्रमण भएको छ । आइतबार भएको रकेट आक्रमणमा कम्तीमा एकजना घाइते भएको जनाइएको छ । घाइतेको अवस्था सामान्य रहेको र चोटपटक पनि सामान्य नै रहेको छ ।

अमेरिकी विदेशमन्त्रालयका एकजना प्रवक्ताले रकेट आक्रमणको पुष्टी गरेका छन् । अन्तर्राष्ट्रिय कार्यालयहरु रहेको क्षेत्रमा रकेट आक्रमण भएको प्रवक्ताको भनाई छ ।

आक्रमणमा अमेरिकी दूतावासका कर्मचारीहरु घाइते भए नभएको बारे केही बताइएको छैन । तर प्रवक्ताले इराकको सरकारलाई अमेरिकी कुटनीतिक निकायको सुरक्षाका लागि मापदण्डहरु पूरा गर्न आब्हान गरेको बताएका छन् ।

अमेरिकी सरकारले रकेट आक्रमणका लागि सिधै तेहरानलाई दोषी भनेको छैन । अहिलेसम्म आक्रमणको जिम्मा पनि कसैले लिएको छैन ।

सेप्टेम्बर यता इरान र इरान समर्थित मिलिसियाबाट इराकमा अमेरिकी कर्मचारीहरुमाथि १४ आक्रमण भएको जनाइएको छ । इराकमा अमेरिकी कारवाहीमा इरानी सैन्य अधिकारीको मृत्यु भएपछि इरान र अमेरिकाबीचको तनाव चरमोत्कर्षमा पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com