अमेरिकी बास्केटबलका दिग्गज खेलाडी कोबी ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा निधन


प्रकाशित मिति : माघ १२, २०७६ आईतबार

बास्केटबलका दिग्गज अमेरिकी खेलाडी कोबी ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । ४१ बर्षका खेलाडी ब्रायन्टको उनकी १३ बर्षकी छोरीसँगै निधन भएको हो । क्यालिफोर्नियामा भएको दुर्घटनामा ९ जनाको निधन भएकोमा ब्रायन्टका बाबुछोरी पनि परेका थिए ।

ब्रायन्टको निधनमा हलिउडका सेलिब्रेटीहरुदेखि नेताहरुसम्मले दुख व्यक्त गरेका छन् । अमेरिकामा रहेका नेपालीहरुले पनि ब्रायन्टको निधनबाट आफूहरु स्तब्ध भएको बताएका छन् ।

पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले पनि ब्रायन्टको निधनमा दुख व्यक्त गरेका छन् । त्यस्तै सिनेटर एमी क्लोबुचार, मेयर पिट बुटाजज, पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन लगायतले पनि ब्रायन्टको निधनप्रति दुख व्यक्त गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामादेखि सेलिब्रेटी जस्टिन बिबरसम्मले बायन्टको निधनप्रति दुख व्यक्त गरेका छन् । खेलसँग सम्बन्धित विभिन्न संघसंस्था र क्लबहरुले पनि दुख व्यक्त गर्दै समवेदना व्यक्त गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com