अमेरिकामा तेश्रो व्यक्तिमा कोरोना, लक्षण देखिनु अगाडि नै अर्कोमा सर्ने, लक्षण यस्ता


प्रकाशित मिति : माघ १२, २०७६ आईतबार

अमेरिकामा तेश्रो व्यक्तिमा पनि चिनिया कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । चीनमा ५० जनाभन्दा धेरैको ज्यान लिइसकेको यो भाइरस साउदर्न क्यालिफोर्नियामा पनि एकजना बिरामीमा देखिएको हो ।

उनी हालै कोरोना भाइरसको इपिसेन्टर चीनको युहानबाट फर्किएका थिए । यसभन्दा अगाडि शिकागोमा एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो भने सुरुमा वासिंटन राज्यमा एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

गत महिना चीनमा देखिएको यो भाइरसबाट अहिलेसम्म झण्डै २ हजार संक्रममित भइसकेका छन् भने ५६ जनाको मृत्यु भइसकेको छ । चीनका स्वास्थ्यमन्त्रीले भाइरस बलियो हुँदै गइरहेको तथा संक्रमित बिरामीमा लक्षण देखिनु अगाडि नै अर्कोमा सर्ने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भ्रुण अवधिमा समेत यो भाइरस सर्न सक्ने तथा व्यक्तिमा संक्रमणभएको एकदेखि १४ दिनको अवधिभित्र सर्नसक्ने जनाइएको छ । विगतमा झण्डै ६ सय जनाको ज्यान लिएको सार्सको भाइरस भु्रण अवधिमा नसर्ने खालको थियो ।

विश्व स्वास्थ्य संगठनले अहिलेसम्म कोरोना भाइरसलाई विश्वब्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छैन । चीनिया अधिकारीहरुले युहान र अरु दुईवटा सिटीहरु बन्द गराएका छन् ।

कोरोना भाइरसको संक्रमण भएमा ज्वरो आउने, दुईदेखि ७ दिनभित्र सुख्खा खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, पेटमा ग्यास जम्मा हुने, पखाला लाग्ने र शरिर दुख्ने जस्ता प्रारम्भिक लक्षण देखिने जनाइएको छ । भाइरसको कडा लक्षणहरुमा १०० दशमलव ४ डिग्री वा त्यो भन्दा माथि ज्वरो आउने, मृगौला फेल हुने, निमोनिया हुने र मृत्यु समेत हुने जनाइएको छ ।

सुरुमा कोरोना भाइरस जनावरबाट मान्छेमा मात्र संक्रमण हुने बताइएको थियो । तर पछिल्लो चरण चिनिया अधिकारीहरुले यो भाइरस मान्छे मान्छेबीचमा संक्रमण भएको पाइएको बताएका छन् ।

नेपाल आउनेमा भारतीयहरु पछि चिनिया पर्यटकहरु दोश्रो नम्बरमा रहेका छन् । त्यसैले नेपाल भाइरस संक्रमणका दृष्टिकोणले अत्यन्तै जोखिममा रहेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com