अहिलेसम्म १४ सयमा कोरोना भाइरस संक्रमण, चीनबाहिरमात्र ३८ जनामा, कुन देशमा कति ?


प्रकाशित मिति : माघ ११, २०७६ शनिबार

खतरनाक कोरोना भाइरसको संक्रमण चीनबाहिर पनि तीब्र गतिमा फैलिइरहेको छ । अहिलेसम्म चीनबाहिरमात्र ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

अष्ट्रेलियामा ४, फ्रान्समा ३, हंगकंगमा ५, थाइल्याण्डमा ५, सिंगापुरमा ३, अमेरिकामा २, ताइवानमा ३, मकाओमा २, मलेसियामा ३, नेपालमा १, जापानमा ३, भियतनाममा २ र साउथ कोरियामा २ जनामा संक्रमण पुष्टी भइसकेको छ ।

अहिलेसम्म चीनसहित विश्वका विभिन्न भागमा १४ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ । चीनमा मात्र १३६२ जनामा भाइरसको संक्रमण पुष्टी भइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना भाइरसको इपिसेन्टर युहानमा कोरोना भाइरसको संक्रमणका कारण सार्वजनिक यातायातहरु बन्द गरिएको छ भने कैयन देशले त्यहाँबाट आफ्ना नागरिकहरुलाई बाहिर निकालिरहेका छन् । अमेरिकी कन्सुलेटले त्यहाँ रहेका अमेरिकी नागरिकहरुलाई सम्पर्क गरिरहेको छ भने सशुल्क चार्टड फ्लाइटमा सिट अफर गरिएको छ ।

युहानमा झण्डै १ सय अमेरिकी नागरिकहरु रहेका छन् । यदि अमेरिकन नागरिकसँग विवाह गरेका वा कुनै नाता भएका गैर अमेरिकी नागरिक भएमा उनीहरुलाई पनि जहाजमा खाली भएको सिट उपलब्ध गराइने जनाइएको छ ।

युहानबाट अमेरिकी कुटनीतिज्ञहरुलाई बाहिर ल्याउनका लागि चार्टड फ्लाइटको व्यवस्था गर्न लागिएको हो । युहानमा रहेको अमेरिकी कन्सुलेट बन्द गरिएको छ भने सबै कर्मचारीहरुलाई त्यहाँबाट हटाउनका लागि तयारी हालतमा राखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com