‘नो टु अमेरिका’ नारासहित इराकबाट अमेरिकी सेना फिर्तीको माग गर्दै लाखौंको प्रदर्शन


प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार

इराकबाट अमेरिकी सेना फिर्तीको माग गर्दै इराकको बगदादमा लाखौंले प्रदर्शन गरेका छन् । प्रदर्शनमा परिवार र बालबालिकाहरुको समेत उपस्थीति रहेको थियो ।

नो टु अमेरिका लेखेका प्लेकार्डसहित गरिएको प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । अमेरिकी दूतावास समेत रहेको ग्रिनजोनमा समेत सुरक्षा बढाइएको थियो ।

बगदादमा अमेरिकी कारवाहीमा इरानी सैन्य अधिकारीको मृत्युपछि ग्रिनजोनमा बारम्बार रकेट आक्रमण हुँदै आएको छ । इरानी सैन्य अधिकारीको मृत्युपछि अमेरिकी सेनालाई इराक छाड्नका लागि दवाव बढिरहेको छ । हाल झण्डै ५ हजार अमेरिकी सेना इराकमा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आक्रमण लगत्तै इराकको संसदमा पनि देशबाट अमेरिकी सेना निकाल्ने पक्षमा मतदान भएको थियो । तर ट्रम्प प्रशासनले भने इराकबाट अमेरिकी सेना फिर्तीको कुनै योजना नरहेको बताउँदै आएको छ ।

आज भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले डोनाल्ड ट्रम्पको क्यारिकेचरसहितका पोष्टरहरु समेत बोकेका थिए । इराकको भविश्य अरु देशलाई निर्णय गर्न नदिने भन्दै प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए । उनीहरुले इराक इराकीहरुका लागि रहेकाले अमेरिका र इरानको हस्तक्षेप बन्द हुनुपर्ने बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com