डरलाग्दो कोरोना भाइरसको संक्रमणपछि चाइनामा एयरपोर्ट र रेलवे स्टेशन बन्द


प्रकाशित मिति : माघ ८, २०७६ बुधबार

डरलाग्दो कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि १७ जनाको ज्यान गएपछि चाइनाको युहानमा एयरपोर्ट र रेलवे स्टेशन बन्द गरिएको छ । चाइनाको युहानबाट बाहिरजाने सबै उडानहरु रद्द गरिएको छ भने रेलवे स्टेशनका साथमा सबै सार्वजनिक यातायातहरु बन्द गरिएको छ ।

चाइनामा मात्र यो भाइरसको ५४७ जनामा संक्रमण भइसकेको छ भने विश्वब्यापी रुपमा अहिलेसम्म ५५५ संक्रमणहरु देखिएको छ । यो भाइरसको पहिलो संक्रमण मध्य डिसेम्बरमा एउटा परिवारमा देखिएको थियो ।

सुरुमा जनावरबाट मानिसमामात्र संक्रमण भएको पाइएपनि अहिले भने यो भाइरस मान्छेबाट मान्छेमा संक्रमण हुन थालेको छ । चाइनाबाट सुरु भएको यो भाइरसको संक्रमण अहिले विश्वका थप चारदेशमा समेत देखिएको छ ।

मंगलबार कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि देखिएको हो । अमेरिकाको वासिंटन राज्यमा एक बिरामीमाथि कोरोना भाइरसको संक्रमण देखिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालै कोरोना भाइरसको प्रकोप फैलिएको क्षेत्रको भ्रमण गरेर फर्केका उनीमाथि निमोनिया जस्तै लक्षणहरु देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । विभिन्न परिक्षणका क्रममा बिरामी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टी भएको हो । अमेरिकामा कोरोना भाइरस संक्रमणको यो पहिलो घटना हो ।

कोरोना भाइरसको संक्रमण साउथ कोरिया, जापान र थाइल्याण्डमा पनि देखिएको छ । भाइरसको त्रासका कारण अमेरिकी विमानस्थलहरुमा चीन लगायतका देशबाट आउने व्यक्तिमाथि निगरानी बढाइएको छ । ती देशबाट आउने व्यक्तिमा बिरामीको संकेत भए नभएकोबारे विमानस्थलमा जाँचबुझ थालिएको हो ।

गतसातादेखि नै युहानबाट आउनेहरुलाई न्युयोर्कको जोन अफ केनेडी, लस एन्सलस र सान फ्रान्सिस्कोको विमानस्थलमा अमेरिकी स्वास्थ्य अधिकारीहरुले चेकजाँच सुरु गरेका थिए । मंगलबारदेखि शिकागो र एटलान्टाको विमानस्थलमा पनि चेकजाँच सुरु गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com