ट्रम्पबिरुद्धको महाअभियोग परीक्षण : के भइरहेको छ सिनेटमा ?


प्रकाशित मिति : माघ ८, २०७६ बुधबार

पहिलो दिनको झण्डै १३ घण्टा लामो बहसपछि अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगको परीक्षणको लागि आधारभूत नियम स्वीकार गरेको छ । रिपब्लिकनहरुले थप साक्षीहरु बोलाउनका लागि गरेको मागलाई रिपब्लिकनहरुले अस्वीकार गरेपछि डेमोक्रेटिक अभियोजनकर्ताहरुको प्रक्रियाका सन्दर्भमा ट्रम्पका वकिलहरूसंग झगडा भएको छ ।

महाअभियोगबारेको सिनेटको कारवाही बुधबार पुनः प्रतिरक्षा र प्रश्नहरुसहित बहसको साथ शुरू हुँदैछ । ट्रम्प महाभियोग परीक्षणको सामना गर्ने तेस्रो अमेरिकी राष्ट्रपति हुन्।

ट्रम्पमाथि शक्तिको दुरुपयोग र संसदको महाभियोग अनुसन्धानमा बाधा पुर्‍याएको आरोप लगाइएको छ। उनले आफूले कुनै गलत कार्य नगरेको र डेमोक्र्याटहरुले राजनीतिक कारणले आफूलाई निकाल्न खोजेको आरोप लगाएका छन्।

ट्रम्पबिरुद्धको महाअभियोग प्रस्ताव गत महिना प्रतिनिधिसभाले पारित गरेको थियो । डेमोक्रेटिक बहुमत रहेको प्रतिनिधिसभाले ट्रम्पबिरुद्धको प्रस्ताव पारित गरेपनि रिपब्लिकन बहुमत रहेको सिनेटले ट्रम्पलाई दोषी ठहर गरेर पदबाट निकाल्ने अपेक्षा भने गरिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिनेटमा प्रधानन्यायाधिस जोन रोबर्टसबाट सिनेटरहरुले निष्पक्ष जुरीको काम गर्ने गरी सपथग्रहण गरेका छन् । महाअभियोग मेनेजरका रुपमा नियुक्त हाउस डेमोक्र्याट्सहरुले अभियोजनकर्ताको भूमिका निभाउनेछन् भने ट्रम्पका वकिलहरुले त्यसको प्रतिवाद गर्नेछन् ।

पहिलो दिनको प्रकृयापछि पारित नियम अनुशार हरेक पक्षलाई आगामी तीन दिनसम्म मुद्दा खोल्नका लागि सुरुवाती तर्क पेशगर्ने २४ घण्टाको समय दिइएको छ । सुनुवाई चलिरहँदा सिनेटरहरुलाई ट्वीट गर्न र साइड टक गर्न प्रतिबन्ध लगाइएको छ । साथै असम्बन्धित बाहिरी कागजात पढ्न समेत रोक लगाइएको छ ।

सुरुवाती तर्क बुधबार दिउसो सुरु हुनेछ । यो सकिएपछि अर्कोसाता सिनेटरहरुलाई प्रश्न गर्ने मौका दिइनेछ । त्यसका लागि १६ घण्टाको समय दिइएको जनाइएको छ ।

मंगलबार डेमोक्रेटिक नेता चक शुमरले पेश गरेको प्रस्तावकाबिरुद्ध ५३ जना रिपब्लिकन सिनेटहरुले मतदान गरेका छन् । प्रस्तावका पक्षमा जम्मा ४७ मत परेपछि उक्त प्रस्ताव खारेज भएको छ । सिनेटबाट अन्य डेमोक्रेटिक प्रस्तावहरु पनि अस्वीकार भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com