अमेरिकामा पनि पहिलोपटक देखियो चिनिया भाइरस कोरोनाको संक्रमण


प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार

चिनिया भाइरस कोरोनाको संक्रमण अमेरिकामा पनि देखिएको छ । अमेरिकाको वासिंटन राज्यमा एक बिरामीमाथि कोरोना भाइरसको संक्रमण देखिएको हो । हालै कोरोना भाइरसको प्रकोप फैलिएको क्षेत्रको भ्रमण गरेर फर्केका उनीमाथि निमोनिया जस्तै लक्षणहरु देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । विभिन्न परिक्षणका क्रममा बिरामी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टी भएको हो । अमेरिकामा कोरोना भाइरस संक्रमणको यो पहिलो घटना हो ।

विभिन्न देशमा अहिलेसम्म तीनसयभन्दा धेरैमा यो भाइरसको संक्रमण देखिएको छ । चिनिया अधिकारीहहरुले युआनमा कोरोना भाइरस संक्रमणका कम्तीमा १९८ केसहरु भेटाइसकेका छन् भने बेइजिंग, सांघाई लगायतका क्षेत्रमा २० केसहरु भेटिएका छन् । कोरोना भाइरसको संक्रमण साउथ कोरिया, जापान र थाइल्याण्डमा पनि देखिएको छ । यो भाइरसको संक्रमणबाट अहिलेसम्म कम्तिमा ६ जनाको मृत्यु भइसकेको छ ।

यसभन्दा अगाडि यो भाइरस सामुन्द्रीक आहार बेच्ने मार्केटमा ज्यूदा जनावरसँगको संसर्गबाट सरेको बताइएको थियो । तर अहिले भने यो भाइरस मान्छेबाट मान्छेमा समेत सरेको पाइएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भाइरसको त्रासका कारण अमेरिकी विमानस्थलहरुमा चीन लगायतका देशबाट आउने व्यक्तिमाथि निगरानी बढाइएको छ । ती देशबाट आउने व्यक्तिमा बिरामीको संकेत भए नभएकोबारे विमानस्थलमा जाँचबुझ थालिएको हो । गतसातादेखि नै युहानबाट आउनेहरुलाई न्युयोर्कको जोन अफ केनेडी, लस एन्सलस र सान फ्रान्सिस्कोको विमानस्थलमा अमेरिकी स्वास्थ्य अधिकारीहरुले चेकजाँच सुरु गरेका थिए । मंगलबारदेखि शिकागो र एटलान्टाको विमानस्थलमा पनि चेकजाँच सुरु गरिएको छ ।

यो भाइरसको संक्रमण देखिनेमा अमेरिका पाँचौं हो । यसअगाडि चीन, थाइल्याण्ड, जापान र साउथ कोरियामा यसको संक्रमण देखिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com