विश्वको शक्तिशाली देशको सुचीमा अमेरिका पहिलो, कुन देश कति नम्बरमा ?


प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार

युएस न्युज एण्ड वर्ल्ड रिपोर्टले विश्वका शक्तिशाली देशहरुको सुची प्रकाशित गरेको छ । आर्थिक, राजनीतिक र सैन्य शक्तिका आधारमा प्रकाशित गरिएको यो सुचीमा अमेरिका पहिलो नम्बरमा रहेको छ । विश्वका ८० देशहरुका सन्दर्भमा गरिएको मूल्यांकनका आधारमा यो सुची प्रकाशित गरिएको छ ।

विश्वका शक्तिशाली देशको पहिलो नम्बरमा अमेरिका रहेको छ । विश्वको प्रमुख अर्थतन्त्र र सैन्य शक्ति भएको देशको रुपमा अमेरिकालाई पहिलो नम्बरमा राखिएको छ । त्यस्तै दोश्रो नम्बरमा रसिया रहेको छ । गतबर्षपनि रसियालाई दोश्रो नम्बरमा नै राखिएको थियो ।

सम्पूर्ण देशको सुची हेर्न यहाँ क्लिक गर्नुहोला ।

त्यस्तै चीन तेश्रो नम्बरमा रहको छ । गतबर्ष पनि तेश्रो नम्बरमा नै रहेको चीन विश्वको अत्याधिक जनसंख्या भएको मुलुकमात्र नभई विश्वका पुराना सभ्यताहरुको घर हो ।

चौथो नम्बरमा जर्मनी रहेको छ भने पाँचौं नम्बरमा बेलायत रहेको छ । त्यस्तै छैठौं नम्बरमा फ्रान्स रहेको छ । सातौंमा जापान, आठौंमा इजरायल, नवौंमा साउन कोरिया र दशौंमा साउदी अरेबिया रहेको छ ।

त्यस्तै एघारौंमा युनाइटेड अरब इमिरेट्स, बाह्रौंमा क्यानडा, तेह्रौंमा स्वीट्जरल्याण्ड, चौथौंमा भारत, पन्ध्रौंमा अष्ट्रेलिया रहेको छ । सोहा्रैमा टर्की, सत्रौंमा इटली, अठारौंमा कतार, उन्नाइसौंमा स्पेन, बिसौंमा स्वीडेन रहेको छ ।

नेदरल्याण्ड सुचीमा २१ नम्बरमा रहेको छ । २२ मा सिंगापुर, २३ मा नर्वे, २४ मा ब्राजिल र २५ मा इजिप्ट रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com