बन्दुक राख्न पाउनुपर्ने माग गर्दै भर्जिनियामा २२ हजारको प्रदर्शन


प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार

बन्दुक राख्न पाउने माग गर्दै सोमबार अमेरिकाको भर्जिनियामा प्रदर्शन गरिएको छ । झण्डै २२ हजार बन्दुक समर्थकहरु प्रदर्शनमा सहभागी भएका छन् । ६ हजारले क्यापिटल स्क्वायरमा र १६ हजारले सुरक्षा गेट बाहिरपट्टी प्रदर्शन गरेका हुन् ।

मार्टिन लुथर किंग जुनियर दिवसमा गरिएको यो प्रदर्शनका लागि केही हप्तादेखि नै तयारी गरिएको थियो । प्रदर्शनमा आएकाहरु अधिकांश श्वेत रहेका थिए भने विभिन्न उमेर समुहकाहरु प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शन अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै बन्दुक राख्न पाउने अधिकारीमाथि आक्रमण भएको भन्दै डेमोक्र्याटसहरुलाई मतदान गरेमा यस्तै हालत हुने बताएका थिए । उनले डेमोक्र्याट्सलाई मतदान गरेमा बन्दुक खोस्ने बताउँदै सन् २०२० को चुनावमा भर्जिनियामा रिपब्लिकनले जित्ने बताएका थिए ।

सुरक्षा गेट बाहिरपट्टी गरिएको प्रदर्शन

गत बर्षको चुनावमा भर्जिनिया राज्यको संसदमा डेमोक्र्याट्सहरुले नियन्त्रण कायम गरेपछि त्यहाँ हतियारको विषय चर्किएको छ । त्यहाँका कैयन काउन्टी र सिटीहरुले हतियारको अधिकार कायम राख्नुपर्ने मागका साथ प्रस्तावहरु पारित गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यहाँका कम्तीमा ४० काउन्टीहरुले बन्दुक राख्न पाउनुपर्ने अधिकार कायम राख्नुपर्ने मागका साथ प्रस्तावहरु पारित गरेका छन् । डेमोक्र्याट्सहरुले बन्दुक सम्बन्धि कानुनमा संसोधन गर्न कानुन ल्याउने तयारी गरिरहँदा स्थानीय नागरिकलाई हतियार बोक्ने अधिकार दिनुपर्ने माग भएको हो ।

डेमोक्रेटिक नियन्त्रित राज्य संसदलाई बन्दुकको अधिकार खोस्न नदिन प्रदर्शन गरिएको हो । तर प्रदर्शनको पूर्व सन्ध्यामा भर्जिनियाका गभर्नरले त्यहाँ अस्थायी रुपमा संकटकालको घोषणा गरेका थिए । प्रदर्शनमा मिलिसियाहरु र घृणा फैलाउने समुहको घुसपैठ हुनसक्ने आशंकाका साथ संकटकाल घोषणा गरिएको थियो ।

सोमबारको प्रदर्शनमा बन्दुक र अन्य हतियारहरु बोक्न निषेध गर्दै संकटकाल लागु गरिएको थियो । शुक्रबार बेलुकादेखि लागु गरिएको संकटकाल आज बेलुकासम्म जारी रहनेछ । प्रदर्शनमा लाठीहरु, ब्याट र चेनहरु बोक्नसमेत प्रतिबन्ध लगाइएको थियो । मास्क लगाएर प्रदर्शनमा आउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

अमेरिकामा बन्दुकको अधिकार दुरुपयोग हुँदा यससँग सम्बन्धित कैयन घटनाहरु हुँदै आएका छन् । जसका कारण यो अधिकार सधै विवादित हुँदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com