न्युयोर्क टाइम्सबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवारलाई इन्डोर्स


प्रकाशित मिति : माघ ६, २०७६ सोमबार

विश्वचर्चित संचारमाध्यम न्युयोर्क टाइम्सले अमेरिकी राष्ट्रपतिको चुनावका लागि डेमोक्रेटिक प्राइमरीका लागि उम्मेदवार एलिजाबेथ वारेन र एमी क्लोबुचारलाई इन्डोर्स गरेको छ । आयोवा ककस हुनुभन्दा एकमहिनाभन्दापनि कम अवधि बाँकी रहँदा न्युयोर्कटाइम्सले दुई महिला उम्मेदवारहरुलाई इन्डोर्स गरेको हो ।

सम्पादकीय बोर्डले उनीहरुलाई इन्डोर्स गरेको हो । न्युयोर्क टाइम्सले सन् १८६० देखि नै अमेरिकी राष्ट्रपतिको चुनावका उम्मेदवारहरुलाई इन्डोर्स गर्दै आएको छ । गत राष्ट्रपतिको चुनावमा न्युयोर्क टाइम्सले हिलारी क्लिन्टनलाई इन्डोर्स गरेको थियो ।

सन् २०२० को नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावका लागि सिनेटर एलिजाबेथ वारेनले गतबर्षको फरबरीदेखि औपचारिक अभियान सुरु गरेकी थिइन् । उनको चुनावी अभियानलाई केही उच्च प्रोफाइल भएका राजनीतिज्ञहरुले समेत समर्थन गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

७० बर्षीया एलिजाबेथ वारेन मासाचुसेट्सबाट अमेरिकी सिनेटरकी बरिष्ठ डेमोक्रेटिक सिनेटर हुन् । उनी सिनेटमा डेमोक्रेटिक ककसकी उपाध्यक्ष समेत हुन् ।

त्यस्तै एलिजाबेथ वारेन प्रगतिशिल उम्मेदवारका रुपमा चर्चित छिन् भने एमी क्लोबुचार मध्यपन्थी उम्मेदवारका रुपमा चर्चित छिन् । मिनेसोटाबाट डेमोक्रेटिक सिनेटर क्लोबुचारले पनि गतबर्षको फरबरीमा उम्मेदवारीको घोषणा गरेकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com