बन्दुक राख्न पाउनुपर्ने माग गर्दै सोमबार अमेरिकामा प्रदर्शन गरिने, संकटकालको घोषणा

बन्दुक राख्न पाउने माग गर्दै सोमबार अमेरिकाको भर्जिनियामा प्रदर्शन हुने भएको छ । प्रदर्शनका लागि हजारौं हतियारका मालिकहरुलाई भर्जिनियाको रिचमण्डमा बोलाइएको छ ।

गत बर्षको चुनावमा भर्जिनिया राज्यको संसदमा डेमोक्र्याट्सहरुले नियन्त्रण कायम गरेपछि त्यहाँ हतियारको विषय चर्किएको छ । त्यहाँका कैयन काउन्टी र सिटीहरुले हतियारको अधिकार कायम राख्नुपर्ने मागका साथ प्रस्तावहरु पारित गरेका छन् ।

त्यहाँका कम्तीमा ४० काउन्टीहरुले बन्दुक राख्न पाउनुपर्ने अधिकार कायम राख्नुपर्ने मागका साथ प्रस्तावहरु पारित गरेका छन् । डेमोक्र्याट्सहरुले बन्दुक सम्बन्धि कानुनमा संसोधन गर्न कानुन ल्याउने तयारी गरिरहँदा स्थानीय नागरिकलाई हतियार बोक्ने अधिकार दिनुपर्ने माग भएको हो ।

डेमोक्रेटिक नियन्त्रित राज्य संसदलाई बन्दुकको अधिकार खोस्न नदिन प्रदर्शनको तयारी भएको हो । तर प्रदर्शनको पूर्व सन्ध्यामा भर्जिनियाका गभर्नरले त्यहाँ अस्थायी रुपमा संकटकालको घोषणा गरेका छन् । प्रदर्शनमा मिलिसियाहरु र घृणा फैलाउने समुहको घुसपैठ हुनसक्ने आशंकाका साथ संकटकाल घोषणा गरिएको हो ।

Loading...

सोमबारको प्रदर्शनमा बन्दुक र अन्य हतियारहरु बोक्न निषेध गर्दै संकटकाल लागु गरिएको हो । शुक्रबार बेलुकादेखि लागु गरिएको संकटकाल मंगलबार बेलुकासम्म जारी रहनेछ । प्रदर्शनमा लाठीहरु, ब्याट र चेनहरु बोक्नसमेत प्रतिबन्ध लगाइएको छ ।

अमेरिकामा बन्दुकको अधिकार दुरुपयोग हुँदा यससँग सम्बन्धित कैयन घटनाहरु हुँदै आएका छन् । जसका कारण यो अधिकार सधै विवादित हुँदै आएको छ ।

भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com