सिनेटमा ट्रम्पबिरुद्ध महाअभियोग प्रकृयाका लागि ९९ सिनेटरबाट सपथग्रहण


प्रकाशित मिति : माघ २, २०७६ बिहीबार

अमेरिकी सिनेटमा रााष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग प्रकृषका लागि ९९ सिनेटरहरुले सपथग्रहण गरेका छन् । सर्बोच्च अदालतका प्रधानन्यायाधिस जोन रोबर्टस्ले सबै सिनेटरहरुलाई सपथ ग्रहण गराएका हुन् ।

प्रधानन्यायाधिसले आफैले पनि सपथग्रहण गरेका छन् । सपथग्रहणमा एकजना रिपब्लिकन सिनेटर जेम्स इन्होफ भने उपस्थीत थिएनन् । उनले आगामी साता सपथग्रहण गर्ने जनाइएको छ ।

सिनेटरहरुले महाअभियोगको कारवाही प्रकृयामा जुरीमा रुपमा काम गर्नेछन् । विचाराधिन रहेको महाअभियोगको सुनुवाईमा संविधान र कानुन बमोजिम निष्पक्ष न्याय गर्ने प्रतिबद्धता जनाउँदै उनीहरुले सपथग्रहण गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सपथग्रहणपछि सबै सिनेटरहरुले सपथग्रहण पुस्तिकामा हस्ताक्षर समेत गरेका छन् । चारवटा समुह बनाएर उनीहरुले सपथग्रहण पुस्तिकामा हस्ताक्षर गरेका हुन् ।

सिनेटको कारवाही आगामी मंगलबारसम्मका लागि स्थगित भएको छ । मंगलबार दिउसो १ बजेदेखि महाअभियोगका सन्दर्भमा सिनेटको कारवाही सुरु हुनेछ ।

सिनेटको कारवाही चलिरहँदासम्मका लागि सिनेटरहरुका लागि केही नियमहरु बनाइएको छ । जसको कतिपयले हाइस्कुलका विद्यार्थीका लागि बनाइएको नियमजस्तो भएको भन्दै तुलना गरेका छन् ।

स्मार्ट फोन र इलोक्ट्रोनिक्समाथि प्रतिबन्धदेखि साइडटक गर्न नपाइनेसम्मका नियमहरु सिनेटरहरुका लागि बनाईको छ । नियममा सिनेटरहरु आआफ्ना सिटमा बस्नुपर्ने र एकअर्कोसँग कुरा गर्न नपाइने नियम बनाइएको छ ।

सिनेटमा हुने सबै कामकारवाहीप्रति ध्यानाकर्षण गर्नका लागि त्यस्ता नियमहरु बनाईको हो । नियममा महाअभियोगबारेको कामकारवाही जारीरहँदासम्म सिनेटरहरुले पालना गर्नुपर्ने विषय समेटिएको छ ।

सिनेटरहरुलाई पठाइएको पत्र

त्यस्तै अर्को तीन पृष्ठ लामो पत्रमा पनि सिनेटरहरुले पालना गर्नुपर्ने विषयहरु स्मरण गराइएको छ । सिनेटको फ्लोरमा जानका लागि सिट सिमित भएकाले हरेक सिनेटरले सिनेटको ग्यालरीसम्म पुग्नका लागि तीनवटा दैनिक र एउटा स्थायी पारिवारिक टिकट पाउनेछन्, जसको मद्दतले उनीहरु ४ जनासम्मलाई ग्यालरीसम्म लैजान पाउनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com