ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावमा सिनेटको परीक्षणमा सिनेटरका लागि यस्ता नियम


प्रकाशित मिति : माघ २, २०७६ बिहीबार

ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावमा सिनेटको परीक्षणमा सिनेटरका लागि केही यस्ता नियमहरु बनाइएको छ, जसलाई स्कुलका विद्यार्थीहरुका लागि परीक्षामा बनाइएका नियमसँग तुलना गरिएको छ ।

स्मार्ट फोन र इलोक्ट्रोनिक्समाथि प्रतिबन्धदेखि साइडटक गर्न नपाइनेसम्मका नियमहरु सिनेटरहरुका लागि बनाईको छ । नियममा सिनेटरहरु आआफ्ना सिटमा बस्नुपर्ने र एकअर्कोसँग कुरा गर्न नपाइने नियम बनाइएको छ ।

सिनेटमा हुने सबै कामकारवाहीप्रति ध्यानाकर्षण गर्नका लागि त्यस्ता नियमहरु बनाईको हो । नियममा महाअभियोगबारेको कामकारवाही जारीरहँदासम्म सिनेटरहरुले पालना गर्नुपर्ने विषय समेटिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिनेटरहरुलाई पठाइएको पत्र

त्यस्तै अर्को तीन पृष्ठ लामो पत्रमा पनि सिनेटरहरुले पालना गर्नुपर्ने विषयहरु स्मरण गराइएको छ । सिनेटको फ्लोरमा जानका लागि सिट सिमित भएकाले हरेक सिनेटरले सिनेटको ग्यालरीसम्म पुग्नका लागि तीनवटा दैनिक र एउटा स्थायी पारिवारिक टिकट पाउनेछन्, जसको मद्दतले उनीहरु ४ जनासम्मलाई ग्यालरीसम्म लैजान पाउनेछन् ।

सिनेटमा महाअभियोग प्रस्तावबारेको कारवाही मंगलबारबाट सुरु हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com