नेपालमा अझैपनि ठूलाे भूकम्पकाे जोखिम कायमै


प्रकाशित मिति : माघ २, २०७६ बिहीबार

नेपालमा बेलाबेला ठूला भूकम्प जाने र ठूलो जनधनको क्षति भएका छन् । भूकम्पीय जोखिम न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहे पनि नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले पूरै नेपाल भूकम्पीय जोखिममा छ । आधुनिक उपकरणमा अभिलेखीकरण भएको अहिलेसम्मकै ठूलो भूकम्प गएको ८६ वर्ष पूरा भएको छ । वि.सं. ११९० माघ २ गते नेपालमा ८.३ रेक्टर स्केलको महाभूकम्प गएको थियो । नब्बे सालको भूकम्प जाँदा नेपालमा भूकम्प मापन गर्ने उपकरण नै थिएन, बाहिरबाटै मापन गरिएको थियो ।

संसारमा कमै मात्रामा त्यस्ता उपकरण जडान भएका थिए । त्यस भूकम्पमा १५ हजार सात सय मानिसको ज्यान गएको थियो । त्यसमध्ये नेपालमा करिब आठ हजार मानिसको ज्यान गएको थियो । तीमध्ये झन्डै चार हजार मानिसको काठमाडौंँमा मृत्यु भएको थियो । त्यसपछि नेपालमा त्यत्रो ठूलो भूकम्प गएको छैन । भूकम्पबाट हुने जोखिमलाई अझ न्यूनीकरण गरी जनधनको क्षति रोक्न विगत २२ वर्ष अघिदेखि माघ २ गतेलाई ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ मनाउने गरिएको छ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधारः दिगो सुख र समृद्धिको आधार’ नाराका साथ बिहीबार नेपालभर २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमसाथ मनाइँदै छ ।

नब्बे सालपछि नेपालमा २०७२ वैशाख १२ मा ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा भूकम्पीय जोखिमको हिसाबले सबैभन्दा जोखिमपूर्ण क्षेत्र कुन कुन हुन् भनी राखिएको जिज्ञासामा खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले भने, ‘पूरै नेपाल भूकम्पीय जोखिममा छ । कम जोखिम क्षेत्र यो हो भनेर भन्ने ठाउँ नै छैन । हिमालय भनेको नै भूकम्पीय उथलपुथलका कारण बनेको क्षेत्र हो । हाम्रा प्रत्येक ठाउँ जोखिममा छन् । हामी जोखिम क्षेत्रमै बसोबास गर्दै आएका छौं ।’

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको निगरानी राख्ने र भूकम्प गएमा त्यसको सूचना सार्वजनिक गर्दै आएको छ । भूकम्पबाट हुने क्षतिको कुरा गर्दा मानव बसोबास भएको क्षेत्रमा बढी क्षति हुन्छ र नभएको ठाउँमा कम हुने गर्छ । मानवीय संरचना र मानवको बस्ती जहाँ बढी हुन्छ, त्यहाँ बढी क्षति हुने जानकारी उनले दिए । भूकम्पको जोखिम बढी भएका ठाउँमा भूकम्प गइरहेको अभिलेखीकरण भएको पाइन्छ । विभिन्न ठाउँमा ५०औँ, सयौँ र हजारौं वर्षदेखि शक्ति केन्द्रित भएर रहेको हुन्छ र जुनसुकै समयमा पनि ठूलो भूकम्प जाने गरेका छन् । ठूला भूकम्प यति बेला नै जान्छन् भन्ने वैज्ञानिक तथ्यांक छैन । –गोरखापत्र दैनिक

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com