१५३ स्थानीय तहको बजेटमा आन्तरिक स्रोत शून्य


प्रकाशित मिति : माघ २, २०७६ बिहीबार

नेपाल संविधान, कानुन र संघीय सरकारका विभिन्न नीति, नियम र कार्यविधिहरूमा स्थानीय तहको बजेटको एक स्रोतको रूपमा आन्तरिक स्रोतको राजस्व रहने उल्लेख भएपनि १ सय ५३ स्थानीय तहको आर्थिक वर्ष २०७६-०७७को राजस्व र व्ययको अुनमान(बजेट)मा आन्तरिक स्रोतको रकम समावेश गरिएको देखिँदैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहको राजस्व र व्ययको अनुमान(बजेट)लाई गुगल सिटमा उपलब्ध गराएअनुसार ती १ सय ५३ स्थानीय तहले चालू आर्थिक वर्षको बजेटमा आन्तरिक स्रोतको हिस्सालाई समावेश नगरेको पाइएको हो ।

मन्त्रालय स्थानीय तहसँग पटकपटक ती विवरणहरू माग गरेर सार्वजनिक गरेको हो । तर, उक्त गुगल सिटको विवरणअनुसार अझै कतिपय स्थानीय तहले बजेट नै पेश नगरेको भन्ने उल्लेख भएपनि सम्बन्धित स्थानीय तहको वेबसाइटमा भने चालू आर्थिक वर्षको बजेट उपलब्ध भएको पाइन्छ । यसैगरी कतिपय बजेट पेश गरेका भनि इंगित गरिएका स्थानीय तहले मन्त्रालयलाई बजेटको कुनै पनि फेहरिस्त उपलब्ध नगराएकाले ती समेतलाई जोड्दा आन्तरिक स्रोतको व्यवस्था नगरी बजेट बनाउनेको स्थानीय तहको संख्या १ सय ५३ पुगेको हो । तर मन्त्रालयले बजेट सम्बन्धी विवरण अद्यावधिक गराउन सम्बन्धित स्थानीय तहलाई अनुरोध गरेको छ । स्थानीय तहले संघ र प्रदेश सरकारबाट संविधान बमोजिम वित्तीय हस्तान्तरणको रूपमा वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष र समपुरक अनुदान पाउँछन् भने संघ र प्रदेशबाट पनि राजस्व बाँडफाँटसमेत रकम पाउँछन् ।

नेपालको संविधानको धारा ५९ को उपधारा(३) मा संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो तहको बजेट बनाउने छन् र प्रदेश र स्थानीय तहले बजेट पेश गर्ने समय संघीय कानून हुनेछ भन्ने व्यवस्था रहेको छ । यसैगरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा (१) तथा अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ को उपदफा (३) ले गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आगामी आवको लागि असार महिनाको १० गते भित्र राजस्व र व्ययको अनुमान सम्बन्धत गाउँ नगरसभामा पेश गरी स्वीकृत भएपश्चता मात्र खर्च गर्नुपर्ने व्यवस्था गरेको छ।

१८३ तहमा आन्तरिक ऋणको अनुमान

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी, १ सय ८३ स्थानीय तहले चालू आवको बजेटमा आन्तरिक ऋण उठाउने भएका छन् । संविधान र अन्य कानुनमा उल्लेख भएअनुसार ती स्थानीय तहले चालू आवको बजेटमा आन्तरिक ऋण उठाउने गरी बजेट ल्याएका हुन् । नेपालमा स्थानीय तहले पहिलोपटक आन्तरिक ऋण उठाउने अभ्यास कार्यान्वयनमा आएको छ । यसअघि नगर विकास कोषबाट आन्तरिक ऋण सापटी लिएर पूर्वाधार विकासका कार्य गर्दै आएपनि त्यो ऋणलाई संविधानले आन्तरिक ऋणको परिभाषामा राखेको थिएन ।

संघ, प्रदेश र स्थानीय तहले उठाउने आन्तरिक ऋणको सीमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयागले तोकेर सरकारलाई सिफरिश गरेअनुसार नै प्रदेश र स्थानीय तहले आन्तरिक ऋणसमेत उठाउनेगरी चालू आवको बजेट ल्याएका हुन् । तर, अहिलेसम्म आन्तरिक ऋण उठाउनका लागि अन्य मोडालिटी के हुने भन्नेप्रष्ट भइसकेको छैन । संघीय सरकारले राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयकअनुसार आन्तरिक ऋण उठाउने गर्छ । तर प्रदेश र स्थानीय तहका लागि पनि यही व्यवस्थाअनुसार हुन सक्ने वा नसक्ने भन्ने अहिले पनि छलफलमा नै रहेको आयोगका एक कर्मचारीले बताए । यसैगरी प्रदेश र स्थानीय तहले आन्तरिक ऋण उठाउने सक्ने गरी कानुन नल्याएकाले चालू आवको बजेटमा आन्तरिक ऋणको अनुमान पेश गरेपनि उठाउन सक्ने सम्भावना नरहेको ती कर्मचारी बताउँछन् ।

संविधानले घाटा बजेट बनाउने अधिकार दिएको छ । घाटा बजेट पूर्तिका विभिन्न स्रोतमध्ये आन्तरिक ऋण हो । तर यसको व्यवस्थापन कसरी गर्ने भन्ने चाँही स्पष्ट हुनुपर्छ । नेपालमा नेपाल राष्ट्र बैंकले सार्वजनिक ऋणको व्यवस्थापन गर्दै आएको छ । बैंकले विल्स र वण्ड बिक्री गरी खुला बजारमा पैसा उठाउँछ । विगतमा(एकात्मक शासन व्यवस्था)मा पनि नेपाल सरकारले आन्तरिक ऋण उठाउँदै आएको हो । सरकारहरूले ऋण उठाउनका लागि कानुन, ऋण परिचालनका औजार र संस्थागत क्षमता चाहिने ती अधिकारी बताउँछन् । – भगवान खनाल/कारोबार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com