मन्दिरभित्र गएर दिशा गर्ने ५ पर्यटकलाई देशनिकाला


प्रकाशित मिति : माघ २, २०७६ बिहीबार

मन्दिरभित्र गएर दिशा गर्ने ५ जना पर्यटकलाई पेरुबाट देशनिकाला गरिएको छ । उनीहरुले पवित्र माच्चु पिच्चु मन्दिरभित्र प्रवेश गरेर पर्खालमा क्षति पुराउनुका साथै दिशा समेत गरेको जनाइएको छ ।

पक्राउ पर्नेहरु चिली, ब्राजिल, अर्जेन्टिना र फ्रान्सका पर्यटकहरु रहेका छन् ।

यो मन्दिर पेरुको चर्चित पर्यटकीय गन्तब्यका रुपमा परिचित छ ।

६ जनालाई पेरुको प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । उनीहरुबिरुद्ध सांस्कृति सम्पदाबिरुद्ध अपराध गरेको अभियोग लगाइएको थियो ।

६ जनामध्ये ५ जनालाई देशनिकाला गरिएपनि एकजना अर्जेन्टिनाको नागरिकभने पेरुभित्रै रहेर मुद्दाको सामना गर्ने जनाइएको छ । उक्त व्यक्तिले सम्पदाको क्षतिमा नेतृत्व गरेको स्वीकार गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com