अष्ट्रेलियामा पाँच हजार उँटको गोली हानेर हत्या


प्रकाशित मिति : माघ १, २०७६ बुधबार

अष्ट्रेलियामा हेलिकप्टरबाट गोली हानेर पाँच हजार उँट मारिएको छ । ती उँटहरु पाँच दिनको अवधिमा मारिएको हो । ती उँटहरुले पानी धेरै पिएका कारण गोली हानि हत्या गरिएको हो ।

पानी खोज्दै ठूलो संख्यामा उँट आएर घरमा नोक्सानी पुर्‍याउन थालेपछि आदिवासी समुदायले उँट मार्न माग गरेको जनाइएको छ । त्यसपछि हेलिकप्टरबाट गोली हानेर पाँच हजार बढी उँट मारिएको हो ।

ठूलो संख्यामा उँटहरु खाना, पानी खोज्दै भौतिक संरचना भत्काएको र सवारी दुर्घटना समेत बढ्न सक्ने भन्दै सरकारले उँट मारेको हो।

अष्ट्रेलियामा डढेलोका कारण बढेको गर्मी र सुख्खाका कारण पनि उँटहरु शहरमा आएको बताइएको छ। डढेलोकै कारण त्यहाँ ५० करोड पशुपंक्षी समेत मरिसकेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उँटहरु भने त्यहाँको स्थायी जनावर नभएको र सन् १८४०मा २० हजार उँट भारत, मध्यपूर्व, अफगानिस्तानलगायतका ठाउँबाट ल्याएको थियो।

अष्ट्रेलियामा उँटको संख्या बढिरहेको थियो। त्यहाँका मरूभूमिमा करिब १० लाख उँट रहेको अनुमान छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com