ट्रम्पबिरुद्धको महाभियोगपत्र अमेरिकी सिनेटमा


प्रकाशित मिति : माघ १, २०७६ बुधबार

अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोगपत्र माथिल्लो सदन सिनेटमा पठाउने प्रस्ताव पारित गरेको छ।राष्ट्रपतिविरुद्ध महाभियोगसम्बन्धी अबको प्रक्रिया सिनेटले शुरू गर्नेछ।

राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोगपत्र सिनेटमा पठाउने प्रस्तावको पक्षमा २२८ मत खसेको थियो भने विपक्षमा १९३ मत खसेको थियो।

प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले महाअभियोगपत्रमा हस्ताक्षर गरेकी थिइन्। विपक्षी डेमोक्र्याटहरूको नियन्त्रण रहेको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले गत महिना राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो।

ट्रम्पको सत्तारूढ रिपब्लिकन पार्टीको नियन्त्रण रहेको सिनेटले अब उनी विरुद्धको महाभियोग पारित गर्ने वा नगर्ने र राष्ट्रपतिलाई पदबाट हटाउने वा नहटाउनेबारे निर्णय गर्नेछ। आरोपपत्रहरूमा हस्ताक्षर गर्नुअघि आयोजित एउटा पत्रकार सम्मेलनमा सभामुख पेलोसीले आफूहरूले इतिहास रचेको बताइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी कागजातले राष्ट्रपति ट्रम्पलाई उनले गरेका कामका लागि जवाफदेही बनाइनेछ र भविष्यमा अब कुनै पनि राष्ट्रपतिले जे पायो त्यही गर्न नसोच्ने पेलोसीको भनाई छ ।

रिपब्लिकन सिनेटर मिच मक्कनेलले सिनेटमा पढेर सुनाइएपछि आरोपपत्रहरूलाई बिहीवार अपराह्न सार्वजनिक गरिने बताएका छन्।

शक्तिको दुरुपयोग गरेको र कङ्ग्रेसको प्रक्रियामा अवरोध पुर्‍याएको राष्ट्रपति ट्रम्पमाथि आरोप लगाइएको छ। तर ती आरोपहरूलाई उनले शुरूदेखि नै अस्वीकार गर्दै आएका छन्।

रिपब्लिकनहरूले महाभियोगलाई पक्षपातपूर्ण आक्रोशबाट बढाइएको कदम भन्दै आएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com