पाकिस्तान र अफगानिस्तानमा हिमपात र वर्षाका कारण कम्तीमा १३० जनाको मृत्यु


प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार

पाकिस्तान र अफगानिस्तानमा अस्वभाविक वर्षा र हिमपातका कारण कम्तीमा १३० जनाको ज्यान गएको छ । तीमध्ये ९३ जनाभन्दा बढीको पाकिस्तानमा मृत्यु भएको हो ।

कश्मीरमा कैयौँ हिउँपहिरो गएका छन् । त्यस क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध हुन पुगेका छन् ।

पाकिस्तानी काश्मिरमा मात्र ज्यान गुमाउेको संख्या ६२ पुगेको छ भने १० जना बेपत्ता छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाकिस्तानको नीलम उपत्यका सबभन्दा धेरै प्रभावित भएको छ। त्यहाँ कैयौँ मानिस फसेका छन्। उक्त क्षेत्रमा प्राकृतिक विपद् आइपरिरहने भए पनि यसपटकको विपद् निकै समययताको घातक मानिएको छ।

खराब मौसमले पाकिस्तानका अन्य भागमा दर्जनौँको ज्यान गएको छ भने भारत र अफगानिस्तानमा पनि प्रभाव परेको छ। हिमपातपछि काबुललाई उत्तरी क्षेत्रसँग जोड्ने सालाङ पास बन्द गरिएको छ।

अफगानिस्तानमा मात्र ३९ जनाको ज्यान गएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com