इरानमा सरकार विरोधी प्रदर्शन चर्किँदै, अमेरिकाको समर्थन


प्रकाशित मिति : पुस २७, २०७६ आईतबार

इरानको राजधानी तेहरान तथा इरानका अन्य विभिन्न सहरमा सरकारविरोधी प्रदर्शन चर्किएको छ। प्रदर्शनकारीहरूले सर्वोच्च नेता आयतूला अली खामनेईको विरोधमा नारा लगाएका छन् ।

इरानको सरकार विरोधी प्रदर्शनको अमेरिकाले समर्थन गरेको छ । प्रदर्शनको तस्वीर सामाजिक सञ्जालमा राख्दै अमेरिकाले इरानमा सरकार विरोधी प्रदर्शनमा आफ्नो समर्थन रहेको जनाएको छ ।

तेहरानमा प्रदर्शनकारीहरूले गत हप्ता अमेरिकी हवाई आक्रमणमा मारिएका सैन्य नेता कासिम सुलेमानीका तस्बिर पनि च्यातेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक सय ७६ जनाको ज्यान जानेगरी तेहरानमा भएको विमान दुर्घटनाबारे सरकारले झुट बोलेको भन्दै विरोध सुरु भएको हो।

प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयासमा अश्रुग्यास प्रहार गरेको छ भने कैयौँ व्यक्ति पक्राउ परेका छन्।

इरानी नागरिकसहित विभिन्न देशका यात्रु चढेको युक्रेनी विमान इरानी क्षेप्यास्त्र प्रहारका कारण भुइँमा खसेको थियो। पहिला क्षेप्यास्त्र प्रहार नभएको दाबी गरेको भए पनि शनिवार इरानी सेनाले मानवीय त्रुटिका कारण त्यसो हुन गएको स्वीकारेको थियो।

इरानको रेभलूशनरी गार्ड्स कोरका प्रमुख हुसेन सलामीले संसद्‌मा बोल्दै विमान खसालिनु अनुचित भए पनि त्यो घटना भइसकेको टिप्पणी गरेका छन्। ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि प्रदर्शनकारीहरू विरोध कार्यक्रममा सहभागी भएका छन् । सडकमा दङ्गा प्रहरीका साथै मोटरसाइकलमा रेभलूशनरी गार्ड्सका सैनिक खटिएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com