१७६ को ज्यान जानेगरी युक्रेनी विमान खसालिएको इरानबाट स्वीकार


प्रकाशित मिति : पुस २६, २०७६ शनिबार

इरानले युक्रेनी यात्रुबाहक जेट विमान खसालिएको स्विकार गरेको छ। इरानका राष्ट्रपति हसन रुहानीले ट्वीटर मार्फत् ‘मानवीय त्रुटि’ का कारण युक्रेनी विमान क्षेप्यास्त्रले खसालिएको स्विकार गरेका हन्।

‘युक्रेनी विमान मानवीय त्रुटिका कारण मिसाइल प्रहारबाट भयानक दुर्घटनामा परेको र १७६ जना निर्दोष मानिसको ज्यान गएको सेनाको आन्तरिक अनुसन्धानले निष्कर्ष निकालेको छ’, उनले लेखेका छन्, ‘यति भयानक विपत्ति र अक्षम्य गल्तीको दोषी पत्ता लगाउन अनुसन्धान जारी रहनेछ।’

शुक्रबार इरानी मिसाइल प्रहारबाट विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सम्प्रेसित समाचारको इरानले खण्डन गरेको थियो। त्यसको एकदिन नबित्दै शनिबार इरानले उक्त आरोप स्विकार गरेको हो।

इरानको तेहरानबाट युक्रेनको राजधानीका लागि उडेको बोइङ ७३७ जेट विमान बुधबार उडेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो। 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com