यसकारण मारिएको थियो सुलेमानी : इरानका सैन्य जनरल मारिनुको भित्रिकथा


प्रकाशित मिति : पुस २५, २०७६ शुक्रबार

इरानका सैन्य जनरल कासिम सुलेमानीलाई मार्ने निर्णय अमेरिकाको आकस्मीक निर्णय थिएन । यो योजनाका मुख्य योजनाकार अमेरिकी विदेशमन्त्री माइक पम्पिओ रहेको खुलासा भएको छ । पम्पिओले यो निर्णयका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कन्भिन्स गरेका थिए ।

ट्रम्प प्रशासनमा प्रभावशाली राष्ट्रिय सुरक्षा अधिकारीका रुपमा चिनिन्छन् माइक पम्पिओ । विभिन्न श्रोतका अनुशार सुलेमानीलाई युद्धमैदानमा ल्याएर सिध्याउने योजना झण्डै एकदशकदेखिको हो । पम्पिओले आफ्नो कुटनीतिक जीवनको अवधिभर नै मध्यपूर्वमा समस्याको जड इरान रहेको र सुलेमानी इरानका छाया कमाण्डर रहेको विश्वास गर्दै आएका छन् । सुलेमानी मध्यपूर्वभर राज्य समर्थित आतंकवादका मास्टरमाइण्ड रहेको पम्पिओको विश्वास छ ।

सुलेमानीले अमेरिकी जनताको जिवनलाई जोखिममा राखेर अमेरिकाबिरुद्ध सकृय षड्यन्त्र गरिरहेकाले सुलेमानीलाई समाप्त पार्नु आफूहरुले सही निर्णय भएको पम्पिओले बताएका थिए । पम्पिआले नै सुलेमानीले अमेरिकाबिरुद्ध गरेका षड्यन्त्रहरुबारे ट्रम्पलाई प्रमाणहरु दिएका थिए ।

पम्पिओका कैयन साथीहरु अहिलेपनि मध्यपूर्वमा अमेरिकी सेनाको नेतृत्व तहमा कार्यरत छन् । सुलेमानी मध्यपूर्वमा सयौं अमेरिकी सेनाको मृत्युको लागि जिम्मेबार रहदै आएको पम्पिओको विश्वास छ । इराकी युद्धमा सुलेमानीको युनिटले अमेरिकी सेनाबिरुद्ध प्रयोग गर्न निकै खतरनाक हतियारहरु प्रदान गरेको अमेरिकी विश्वास रहेको छ । इरानले यसको अस्वीकार गर्दै आएपनि सयौं अमेरिकीको हत्या र हजारौंलाई घाइते बनाउनमा सुलेमानी नै जिम्मेबार रहेको अमेरिकी अधिकारीहरुको विश्वास छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इराक र सिरियामा इरानी सैन्य अपरेशनका मुख्य योजनाकार नै सुलेमानी हुन् । पम्पिओले सुलेमानीलाई समाप्त नपारेसम्म आफू सेवानिबृत्त नहुने बताउँदै आएका थिए ।

अमेरिकी सरकारले अर्को कुनै पनि देशको सरकारको अंगलाई आतंककारी संगठन घोषणा गरेर त्यसको नेतृत्वलाई समाप्त पारेको यो नै पहिलो पटक हो । सुलेमानीले सन् १९९८ देखि उक्त फोर्सको नेतृत्व गर्दै आएका थिए । गत जुनमा सुलेमानीकै योजनामा इरानले अमेरिकी ड्रोनमाथि आक्रमण गरेको थियो । तर पनि पम्पिओले ट्रम्पलाई सुलेमानीको हत्याका लागि कन्भिन्स गर्न सकेका थिएनन् ।

गत डिसेम्बर २७ मा इराकको किरकुकमा भएको रकेट आक्रमणमा निशस्त्र अमेरिकी कन्ट्रयाक्टरहरुको मृत्यु भएको थियो । त्यसपछि भने पम्पिओले ट्रम्पलाई कन्भिन्स गर्न सफल भए । डिसेम्बर २९ मा काताइब हिजबुल्लाहबिरुद्धको अमेरिकी कारवाहीमा २५ जना मारिए, यो संगठनले इराकी नेताहरुलाई कामबारे जानकारी गराउने भएपनि इरानबाट प्रभावित रहदै आएको छ ।

नयाँ बर्षको पूर्वसन्ध्यामा इराकी प्रदर्शनकारीहरुले अमेरिकी आक्रमणकोबिरुद्धमा इराकमा रहेको अमेरिकी दूतावासमा आक्रमण गरेका थिए । त्यसपछि लिबियामा सन् २०१२ मा अमेरिकी कुटनीतिज्ञहरु मारिएजस्तै घटना हुने हो कि भनेर अमेरिकी राष्ट्रपति ट्रम्प चिन्तित हुँदै आएका थिए । त्यस्तै सन् १९७९ मा पनि इरानीहरुले त्यहाँ रहेको अमेरिकी दूतावासमा आक्रमण गरेर ५२ अमेरिकनलाई ४४४ दिनसम्म बन्धक बनाएका थिए ।

सुलेमानीले यो भन्दा पनि अझ घातक हमलाको योजना बनाएको अमेरिकी खुफियाले पत्ता लगाएको थियो । त्यसपछि डराएका ट्रम्पले सुलेमानीलाई मार्ने कारवाहीका लागि अनुमति दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com