१७६ को ज्यान जानेगरी जहाजमा मिसाइल हानेको दावी गरिएको भिडियो सार्वजनिक


प्रकाशित मिति : पुस २४, २०७६ बिहीबार

इरानमा १७६ को ज्यान जानेगरी भएको युक्रेनको जहाज इरानले खसालेको दावी गरिएको  भिडियो सीएनएनले सार्वजनिक गरेको छ । भिडियोमा बुधबार विहान तेहरानको आकाशमा मिसाइल हानिएको र उक्त मिसाइल आकाशमा कुनै चिजमा ठोक्किएको देखाइएको छ । त्यहीसमयमा तेहरानमा युक्रेनियन विमान उडान गरेको केही समयमा दुर्घटनाग्रस्त भएको थियो ।

भिडियोका आधिकारिकता पुष्टी भइसकेको छैन । नारिमान घारिबले उक्त भिडियो सीएनएन र न्युयोर्क टाइम्सलाई उपलब्ध गराएका थिए ।

यसअगाडि क्यानडाको जासुसीले पत्ता लगाएको क्यानेडियन प्रधानमन्त्री जस्टिन टु्रडोले दावी गरेका थिए । इरानले रसियामा बनेको मिसाइलबाट उक्त जहाज खसालेको जनाइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

किभका लागि उडेको युक्रेन अन्तर्राष्ट्रिय एयरलाइन्सको जेट बुधबार तेहरानबाट उडेको केहीबेरमा नै दुर्घटनाग्रस्त भएको थियो । विमानमा सवार सबै १७६ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा ८२ जना इरानीहरु थिए भने ६३ जना क्यानेडियनहरु थिए । ११ युक्रेनी, १० स्वीडेस, ४ अफगानी, तीनजना जर्मन र ३ जना बेलायती नागरिकको पनि दुर्घटनामा निधन भएको थियो ।

क्यानडाका प्रधानमन्त्री टु्रडोले उक्त जहाज इरानले खसालेको दावी गर्दै कडा अनुसन्धान हुनुपर्ने बताएका छन् । इरानका अधिकारीहरुले विमानको ब्ल्याक बक्स इरानबाहिर लैजान नदिने बताएपछि क्यानडाका प्रधानमन्त्रीको प्रतिकृया आएको हो ।

उक्त जहाज इरानले आशयका साथ नखसालेको भएपनि दुर्घटनावश खसालेको हुनसक्ने जनाइएको छ । उक्त जहाज रसियामा बनेको मिसाइलबाट खसालेको भने अमेरिकी जासुसीसंस्था सम्बद्ध एक अधिकारीले बताएका हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com