इराकमा अमेरिकी दूतावास रहेको ग्रिनजोनमा फेरी दुईवटा रकेट आक्रमण


प्रकाशित मिति : पुस २३, २०७६ बुधबार

इराकमा अमेरिकी दूतावास लगायतका विदेशी दूतावासहरु रहेको ग्रिनजोनमा फेरी दुईवटा रकेट आक्रमण भएको छ । न्युयोर्क समय अनुशार बुधबार दिउसो ४ बजेपछि अर्थात् स्थानीय समय अनुशार बिहिबार मध्यरात लगत्तै दुईवटा रकेट आक्रमण भएको छ ।

ग्रिनजोन भित्र दुईवटा विष्फोटको आवाज सुनिएको छ भने साइरनहरु बजेका छन् । घटनामा कसैको पनि हताहतीबारे जानकारी प्राप्त भएको छैन । इरानले अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेको २४ घण्टा लगत्तै यो नयाँ हमला भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com