ट्रम्पबाट राष्ट्रका नाममा सम्बोधन : ‘सुलेमानी विश्वकै ठूलो आतंकवादी’


प्रकाशित मिति : पुस २३, २०७६ बुधबार

इराकमा रहेका अमेरिकी सैन्य क्यापहरुमा इरानले रकेट आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे राष्ट्रका नाममा विशेष सम्बोधन गरेका छन् । राष्ट्रपति ट्रम्पले झण्डै १० मिनेट बोलेका थिए भने पत्रकारका प्रश्नहरु लिएनन् ।

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले इरानको रकेट आक्रमणमा कुनै पनि अमेरिकी नमारिएको पुष्टी गरेका छन् । त्यस्तै उनले इरान युद्धको अवस्थामा नरहेको समेत दावी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले इरानबिरुद्ध नयाँ प्रतिबन्धको समेत घोषणा गरेका छन् । उनले इरानी शासनमा नयाँ आर्थिक प्रतिबन्धहरु लगाएर दण्डित गरिएको बताएका छन् ।

इरानले आफ्नो आणविक महत्वाकांक्षा समाप्त गर्नुपर्ने कुरामा सहमत हुन अरु राष्ट्रहरुलाई पनि आब्हान गरेका छन् । इरानले आतंकवादलाई समर्थन गर्न बन्द गर्नुपर्ने र आणविक महत्वाकांक्षा त्याग्नुपर्ने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वलाई शान्तिपूर्ण र सुरक्षित बनाउन इरानसँग सहमतिमा पुग्नुपर्नेमा ट्रम्पले जोड दिएका छन् । ट्रम्पले अमेरिकी आक्रमणमा मारिएका इरानका सैन्य नेता कासिम सुलेमानी विश्वकै ठूलो आतंकवादी भएको बताएका छन् । कासिम सुलेमानीले अमेरिकी निशानामा आक्रमणको नयाँ योजना बनाएको तर आफूहरुले त्यसलाई असफल बनाएको ट्रम्पको दावी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com