जापानले बन्द गर्यो इराकमा रहेको दूतावास, जापानीहरुलाई इराक छाड्न चेतावनी
प्रकाशित मिति : पुस २३, २०७६ बुधबार

जापानले इराकको बगदादमा रहेको आफ्नो दूतावास अस्थायी रुपमा बन्द गरेको छ । जापानी विदेश मन्त्रालयको एउटा सुचनामा जापानी दूतावास अस्थायी रुपमा बन्द गरिएको जनाएको हो ।
जापानले चौथो लेभलको ट्राभल अलर्ट जारी गरेको छ । जसको अर्थ इराकका सबै क्षेत्रमा प्रवेश निषेध हो । तर अर्विलमा रहेको जापानी दूतावास भने खुला रहनेछ ।
इराकमा रहेका सबै जापानीहरुलाई तत्काल इराक छाड्न चेतावनी दिइएको छ । इराकमा अमेरिकी हमलामा इरानका सैन्य अधिकारी मारिएपछि र इरानले इराकमा रहेका सैन्य क्याम्पमा हमला गरेपछि विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई इराक छाड्न चेतावनी दिइरहेका छन् ।