इरानको आकाशहुँदै उड्ने विमानहरु डाइभर्ट


प्रकाशित मिति : पुस २३, २०७६ बुधबार

इरानले इराकमा रहेको अमेरिकी सैन्य क्याम्पसमा मिसाइल आत्रमण गरेपछि इरानको आकाशहुँदै उड्ने विमानहरु अन्तै डाइभर्ट गरिएका छन् । सिंगापुर एयरलाइन्सले इरानको आकाशहुँदै उड्ने विमान डाइभर्ट गरेको छ ।

त्यस्तै एयर फ्रान्सले पनि इराकी र इरानको आकाशबाट उड्ने उडानहरु डाइभर्ट गरेको छ । लुफथान्साले पनि तेहरान र एर्विलका सबै उडानहरु रद्द गरेको छ । ताइवान ईभीए एयर र मलेसिया एयरलाइन्सले पनि इरानको आकाशबाट उड्ने उडानहरु या त रद्द गरेको छ या त डाइभर्ट गरेको छ ।

यसैबीच इरानको भूभागमा आक्रमण भएमा आफूले सबैभन्दा पहिले युएईको दुबई र इजरायलको हाइफामा आक्रमण गर्ने चेतावनी दिएको छ । युएई र इजरायल अमेरिकाका नजिकका मित्रराष्ट्र हुन् ।

इराक स्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले गरेको मिसाइल आक्रमणको अमेरिकाले जवाफ दिने बताएको छ । तर इरानले भने यदि अमेरिकाले प्रतिवाद गरे अमेरिकाभित्रै आक्रमण गर्ने चेतावनी दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इराकका अमेरिकी सैन्य क्याम्पमा आक्रमण पछि ह्वाइट हाउसमा सुरक्षा व्यवस्था कडा गरिएको छ । आक्रमणपछि राती नै ह्वाइटहाउस आसपासमा स्थलगस्ती बढाइएको हो ।

इराकमा रहेका अमेरिकी सैन्य क्याम्पमा भएका इरानी आक्रमणमा क्षति भए नभएको स्पष्ट छैन तर इरानका संचारमाध्यमले भने कम्तीमा ८० अमेरिकी सैनिक मारिएको दावी गरेका छन् ।

अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले मंगलबार राति अमेरिकी सेना बसेका दुई स्थानमा मिसाइल आक्रमण गरेको हो ।

इरानले कम्तीमा १० वटा रकेटहरु आक्रमण गरेको छ । उक्त अमेरिकी क्याम्प बगदाददेखि १२४ माइल पश्चिममा रहेको छ ।

इराकको सैन्य क्याम्पमा इरानी आक्रमणपछि अमेरिकी रक्षामन्त्रीले इरानका प्रधानमन्त्रीसँग कुराकानीको प्रयास गरेका छन् । मध्यरातको समय भएकाले फोन सम्पर्क गर्न कठिन भएको बताइएको छ ।

तर फोनमा कुराकानी भएको भएको छ । यद्यपी फोनमा को थियो भन्नेबारे स्पष्ट नभएपनि दुईदेशबीच उच्च स्तरमा कुराकानी भएको जनाइएको छ ।

इराकमा अमेरिकी क्याम्पमा इरानको आक्रमणबारे राती नै राष्ट्रपति ट्रम्पलाई जानकारी गराइएको थियो । ह्वाइट हाउस सेक्रेटरीले यसबारे राती नै राष्ट्रपतिलाई जानकारी गराइसकिएको जानकारी गराएकी छिन् । यसबारे नजिकबाट निरिक्षण भइरहेको उनको भनाई छ ।

आक्रमणबारे हाउस स्पीकर न्यान्सी पेलोसीलाई पनि राती नै जानकारी दिइएको थियो । मंगलबारी राती डेमोक्र्याट्ससँगको बैठकमा रहेका बेला पेलोसीलाई जानकारी दिइएको हो ।

पेलोसीले यो अत्यन्तै गम्भिर समय रहेको बताएकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com