इराकमा रहेका अमेरिकी सैन्य क्याम्पमा इरानबाट मिसाइल आक्रमण


प्रकाशित मिति : पुस २३, २०७६ बुधबार

इराक स्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले मिसाइल आक्रमण गरेको छ । आक्रमणमा क्षति भए नभएको स्पष्ट छैन तर इरानका संचारमाध्यमले भने कम्तीमा ८० अमेरिकी सैनिक मारिएको दावी गरेका छन् ।

अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले मंगलबार राति अमेरिकी सेना बसेका दुई स्थानमा मिसाइल आक्रमण गरेको हो ।

इरानले कम्तीमा १० वटा रकेटहरु आक्रमण गरेको छ । उक्त अमेरिकी क्याम्प बगदाददेखि १२४ माइल पश्चिममा रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com