इरान विमान दुर्घटना : १ सय ७० जनाको निधन


प्रकाशित मिति : पुस २३, २०७६ बुधबार

इरानको राजधानी तेहरानमा भएको विमान दुर्घटनामा यात्रु र चालक दलका सदस्य गरी १ सय ७० जनाको निधन भएको छ । तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घटना भएको हो। विमानमा सवार सबैको निधन भएको समाचारसंस्था एपीले इरानी संचारमाध्यमलाई उद्धृत गर्दै लेखेको छ।

प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जानकारी दिएको छ । फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएसबोइङ ७३७ विमान इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको देखिएको छ ।

इरान–अमेरिकाबिच हाल कायम तनाव र विमान दुर्घटनाबिच सम्बन्ध नरहे–नरहेको स्पष्ट भएको छैन । उद्धार टोली घटनास्थल पुगेका छन् । इरानको रेड क्रेसेन्टका प्रमुखले कसैलाई पनि जीवितै उद्धार गर्न सक्ने सम्भावना अब असम्भव रहेको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com