विश्वको शक्तिशाली पासपोर्टमा जापान नम्बर वान, कुन देशको कति नम्बरमा ?


प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार

विश्वको शक्तिशाली पासपोर्ट सुचकांकमा जापान नम्बर वान भएको छ । जापानी पासपोर्ट वाहकले विश्वका १९१ वटा देशमा विना भिसा वा पोर्ट अफ इन्ट्रीमै भिसा प्राप्त गरेर यात्रा गर्न पाउनेछन् । सन् २०२० का शक्तिशाली पासपोर्टको सुची हेन्ली पासपोर्ट इन्डेक्सले प्रकाशित गरेको हो ।

त्यस्तै सिंगापुरको पासपोर्ट १९० स्कोरसहित विश्वको दोश्रो शक्तिशाली पासपोर्ट भएको छ । दक्षिण कोरिया र जर्मनीको पासपोर्ट १८९ स्कोरसहित विश्वका तेश्रो शक्तिशाली पासपोर्ट भएका छन् ।

टपटेनमा युरोपका देशहरु अग्रपंक्तिमा देखिएका छन् । फिनल्याण्ड र स्पेनको चौथो नम्बरमा छन् भने लक्जेम्बर्ग र डेनमार्क पाँचौं नम्बरमा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै स्वीडेन र फ्रान्स छैठौं नम्बरमा छन् । सातौं नम्बरमा भने स्वीटजरल्याण्ड, पोर्चुगल, नेदरल्याण्ड, आयरल्याण्ड र अष्ट्रिया रहेका छन् ।

अमेरिका र बेलायतको पासपोर्ट आठौं नम्बरमा छन् । नवौं नम्बरमा न्युजिल्याण्ड, माल्टा, चेक रिपब्लिक, क्यानडा र अष्ट्र्रलियाका पासपोर्ट छन् भने दशौं नम्बरमा स्लोभाकिया, लिथुआनिया र हंगेरीका पासपोर्ट छन् ।

विश्वका सबैभन्दा कमजोर पासपोर्टमा पहिलो नम्बरमा अफगानिस्तान रहेको छ । जसबाट जम्मा २६ वटा देशमा विना भिसा वा भिसा अन एराइभलमा यात्रा गर्न सकिन्छ ।

कमजोर पासपोर्टमा इराक दोश्रो, सिरिया तेश्रो, सोमालिया र पाकिस्तान चौथो, यमन पाँचौं, लिबिया छैठौं, नेपाल र प्यालेस्टाइन सातौं, नर्थ कोरिया र सुडान आठौं नम्बरमा परेका छन् ।

 

सम्पूर्ण सुचकांक यहाँ हेर्नुहोला ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com