अमेरिकी भूभाग पोर्तोरिकोमा ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प


प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार

अमेरिकी भूभाग पोर्तोरिकोमा ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको छ । मंगलबार विहान गएको उक्त भूकम्पमा एकजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

न्युयोर्क समय अनुशार विहान ३ बजेर २४ मिनेट जाँदा उक्त भूकम्प गएको हो । त्यसपछि पनि विहान ७ बजेर १८ मिनेट जाँदा ५ दशमलव ८ म्याग्निच्युटको पराकम्प गएको छ ।

भूकम्पपछि पोर्तोरिकामा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । त्यहाँको सरकारले जनतालाई शान्त र संयम रहन अनुरोध गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोर्तोरिकोमा आइतबारमात्र ५ दशमलव ८ म्याग्निच्युटको भूकम्प गएको थियो । डिसेम्बर २८ देखि त्यहाँ भूकम्पहरु गइरहेका छन् । सोमबार विहान पनि त्यहाँ भूकम्पको धक्का अनुभव गरिएको थियो ।

भूकम्पबाट पुन्ता भेन्ताना चट्टान क्षतिग्रस्त भएको छ । यो त्यहाँको पर्यटकीय आकर्षणका रुपमा रहेको थियो ।

भूकम्प अगाडिको पुन्ता भेन्ताना

 

भूकम्प पछाडिको पुन्ता भेन्ताना

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com