इरानका सैन्य प्रमुख जनरल सुलेमानीको शवयात्रामा भागदौड, ४० को मृत्यु


प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार

इरानका सैन्य प्रमुख जनरल कासिम सुलेमानीको शवयात्रामा भएको भागदौडमा ४० जनाको मृत्यु भएको बताइएको छ।

इरानको रिवोल्यूसनरी गार्डको विदेशमा रहेर काम गर्ने सेना कुद्स फोर्सका प्रमुख जनरल कासिम सुलेमानीलाई इराकको बगदाद विमानस्थलबाट बाहिर निस्कँदा अमेरिकाले ड्रोन आक्रमण गरी मारेको थियो ।

मंगलबार सुलेमानीको शवयात्रामा भएको भागदौडमा परी ४० जनाको मृत्यु भएको र ४८ जना बढी घाइते भएको इरानी सरकारी टेलिभिजनले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुलेमानीको गृहनगरमा अन्तिम संस्कार हुन लागेको बेला भागदौड मच्चिएको जनाइएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।

सोमबार १० लाखभन्दा बढी मानिस उनकोे शवयात्रामा जम्मा भएको जनाइएको छ । सोमबारको सो शवयात्रामा सर्वोच्च नेता आयातुल्ला खामेनी समेत सहभागी भएको जनाइएको छ ।

इरानले आफ्ना सैन्य कमाण्डरकाे मृत्युकाे बदला लिने बताएकाे छ । अमेरिकाले यदि इरानले अमेरिकी र अमेरिकालाई क्षति पुग्ने कुनै काम गरे इरानका ५२ सांस्कृतिक स्थानमा आक्रमण गर्ने चेतावनी दिएकाे छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com