इराक र अमेरिकाका अधिकारीहरुबीच आज र भोलि वासिंटनमा भेटवार्ता हुँदै


प्रकाशित मिति : पुस २१, २०७६ सोमबार

इराक र अमेरिकाका अधिकारीहरुबीच आज र भोलि वासिंटन डिसीमा भेटवार्ता हुने भएको छ । दुईदेशबीच तनाव बढिरहँदा दुईदेशबीचका समकक्षीबीच छलफलको तयारी गरिएको हो ।

प्रदर्शनकारीहरुले बगदादमा रहेको अमेरिकी दूतावास उडाउने प्रयास गरेकोमा गतसाताको भेटमा इराकी अधिकारीहरुसँग अमेरिकी अधिकारीहरु निकै रिसाएका थिए । तर अहिले  त्यसको ठीक उल्टो भएको छ ।

बगदाद विमानस्थलमा अमेरिकाले गरेको आक्रमण र त्यसमा इरानका उच्च सैन्य अधिकारीको मृत्यु भएपछि अहिले इराकी अधिकारीहरु अमेरिकन अधिकारीहरुप्रति रिसाएका छन् । इरानी सैन्य अधिकारीहरुमाथिको आक्रमणको इराकको भूमिमा भएकोप्रति पनि इराकीहरु आक्रोशित भएका छन् ।

यसैबीच इराकी संसदले त्यहाँ रहेका सबै विदेशी सैनिक हटाउन सरकारलाई बाध्य पार्नका लागि संसदमा मतदान समेत गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इराकबाट अमेरिकी सेना निकालिए इराकमाथि अहिलेसम्मकै कडा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com