इरान समर्थकबाट अमेरिकाको सरकारी वेवसाइट ह्याक, राखियो अमेरिका विरोधी यस्ता सन्देश


प्रकाशित मिति : पुस २०, २०७६ आईतबार

इरान समर्थक ह्याकरबाट अमेरिकाको सरकारी वेवसाइट ह्याक गरिएको छ । ह्याकरले शनिबार राती अमेरिकाको सरकारी वेवसाइट ह्याक गरेर इरानी सरकारको सन्देश पोष्ट गरेका थिए ।

सन्देशमा आफूहरुले त्यसक्षेत्रमा दमन गरिएका प्यालेष्टाइनका जनता, यमनका जनता, सिरियाका जनता र त्यहाँको सरकारलाई समर्थन गर्न नछाड्ने उल्लेख गरिएको थियो । इरानको झण्डा र त्यहाँका सर्वोच्च नेताको तस्वीर राखेर उक्त सन्देश पोष्ट गरिएको थियो ।

उक्त सन्देश अमेरिकाको फेडलर डिपोजिटोरी लाइब्रेरी प्रोग्राम एफडीएलपी डट गभको वेवसाइटमा देखिएको थियो । झण्डै एकघण्टापछि उक्त वेवसाइट नखुल्ने बनाइएको छ ।

वेवसाइटमा ह्याकरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मुक्का हानिएको तस्वीर पनि राखेका थिए । तलपट्टी इरान साइबर सेक्युरिटी समुह ह्याकरबाट ह्याक गरिएको र यो केबल इरानको साइबर दक्षताको एउटा नमुनामात्र रहेको उल्लेख गरिएको थियो ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com