इराकमा अमेरिकी आक्रमणको विरोधमा ह्वाइटहाउस अगाडि प्रदर्शन


प्रकाशित मिति : पुस १९, २०७६ शनिबार

ह्वाइटहाउस अगाडिको प्रदर्शन ।

उच्च इरानी सैनिक अधिकारीको हत्या र मध्यपूर्वमा थप ३ हजार अमेरिकी सेना पठाउने ट्रम्प प्रशासनको निर्णयकाबिरुद्ध अमेरिकाभर प्रदर्शनको भइरहेको छ । शनिबार अमेरिकामा ७० भन्दा धेरै सहरमा प्रदर्शन भइरहेको छ ।

ह्वाइटहाउस अगाडिको प्रदर्शन ।

अमेरिकामा रहेका युद्धविरोधी सञ्जालको समन्वय र नेतृत्वमा प्रदर्शन गरिएको हो । इराकबाट अमेरिकी सेना फिर्ता र इरानसँगको युद्ध रोक्न माग गर्दै प्रदर्शन गरिएको छ ।

प्रदर्शनहरु ह्वाइट हाउसको बाहिरपट्टी गरिएको छ भने न्युयोर्कको टाइम्स स्क्वायरमा पनि प्रदर्शन गरिएको छ । त्यस्तै अन्य स्थानमा पनि ट्रम्प प्रशासनको कदमको निन्दा गर्दै प्रदर्शन गरिएको छ ।

ह्वाइटहाउस अगाडिको प्रदर्शन ।

यसैबीच बर्लिनमा रहेको अमेरिकी दूतावासबाहिर पनि विरोध प्रदर्शन गरिएको छ । केही दर्जन व्यक्ति भेला भएर युद्धको विरोधमा प्रदर्शन गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विहिबार राती पेन्टागनले गरेको हवाई हमलामा इरानका उच्च सैनिक अधिकारीको मृत्यु भएपछि मध्यपूर्वमा तनाव सृजना भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानका उच्च सैनिक अधिकारीबिरुद्धको कारवाही इरानसँग लडाई सुरु गर्ने योजना अनुरुप भएको भन्ने आरोपको खण्डन गरेका छन् ।

ह्वाइटहाउस अगाडिको प्रदर्शन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com