KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

अमेरिकी दूतावास भएको क्षेत्रमा रकेट आक्रमण

प्रकाशित मिति : पुस १९, २०७६ शनिबार

अमेरिकी सेनाको आवासीय क्षेत्र र अमेरिकी दूतावास लगायतका विदेशी दूतावासहरु रहेको बगदादको ग्रिन जोनमा रकेट आक्रमण भएको छ । सरकारी भवनहरु र कैयन विदेशी दूतावासहरु भएको उक्त क्षेत्रमा रकेट आक्रमण भएपनि कुनै मानवीय क्षति भने नभएको जनाइएको छ । बगदाद नजिकैका अरु दुई स्थानमा पनि रकेट आक्रमण भएको जनाइएको छ ।

इराकमा भएको अमेरिकी आक्रमणमा इरानका उच्च सैन्य अधिकारीको मृत्यु भएपछि तनाव बढेको छ । यसैबीच इराकले अमेरिकी आक्रमणमा मारिएकाको स्मृतिमा तीनदिने शोकको घोषणा गरेको छ ।

यसैबीच उच्च इरानी सैनिक अधिकारीको हत्या र मध्यपूर्वमा थप ३ हजार अमेरिकी सेना पठाउने ट्रम्प प्रशासनको निर्णयकाबिरुद्ध अमेरिकाभर प्रदर्शनको भइरहेको छ । शनिबार अमेरिकामा ७० भन्दा धेरै सहरमा प्रदर्शन भइरहेको छ ।

ह्वाइटहाउस अगाडिको प्रदर्शन ।  

अमेरिकामा रहेका युद्धविरोधी सञ्जालको समन्वय र नेतृत्वमा प्रदर्शन गरिएको हो । इराकबाट अमेरिकी सेना फिर्ता र इरानसँगको युद्ध रोक्न माग गर्दै प्रदर्शन गरिएको छ ।

प्रदर्शनहरु ह्वाइट हाउसको बाहिरपट्टी गरिएको छ भने न्युयोर्कको टाइम्स स्क्वायरमा पनि प्रदर्शन गरिएको छ । त्यस्तै अन्य स्थानमा पनि ट्रम्प प्रशासनको कदमको निन्दा गर्दै प्रदर्शन गरिएको छ ।

ह्वाइटहाउस अगाडिको प्रदर्शन ।

यसैबीच बर्लिनमा रहेको अमेरिकी दूतावासबाहिर पनि विरोध प्रदर्शन गरिएको छ । केही दर्जन व्यक्ति भेला भएर युद्धको विरोधमा प्रदर्शन गरेका थिए ।

विहिबार राती पेन्टागनले गरेको हवाई हमलामा इरानका उच्च सैनिक अधिकारीको मृत्यु भएपछि मध्यपूर्वमा तनाव सृजना भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानका उच्च सैनिक अधिकारीबिरुद्धको कारवाही इरानसँग लडाई सुरु गर्ने योजना अनुरुप भएको भन्ने आरोपको खण्डन गरेका छन् ।

ह्वाइटहाउस अगाडिको प्रदर्शन ।

KHASOKHAS TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com