यी अर्बपतिहरु जसले कलेज पढ्दा पढ्दै बीचमा छाडेका थिए


प्रकाशित मिति : पुस १९, २०७६ शनिबार

केही त्यस्ता अर्बपतिहरु छन् जसले कलेज पढ्दा पढ्दै बीचमा नै छाडेका थिए । उनीहरुले सफलताको मापदण्ड सधै डिग्रीमात्र नहुनसक्छ भन्ने पुष्टी गरिदिएका छन् ।

बिल गेट्स माइक्रोसफ्टका संस्थापक हुन् भने विश्वका धनीमध्येका एक हुन् । दुईबर्षको अध्ययनपछि उनले हार्भडमा पढाई छाडेका थिए । तर सन् २००७ मा उनलाई हार्भडबाटै डिग्रीले सम्मान गरियो । सन् १९८७ देखि उनी विश्वका धनीको सुचीमा पहिलो नम्बरमा रहदै आएका थिए, पछिल्लो चरणमा उनलाई जेफ बेजोसले उछिनेका छन् ।

त्यस्तै डेल कम्प्युटर कर्पोरेशनका संस्थापक माइकल डेलले पनि आफ्नो टिकट संकलन गर्ने हवी पूरा गर्न रेष्टुरेण्टमा भाँडा समेत माझेका थिए । बायोलोजी पढ्न युनिभर्सिटी अफ टेक्सासमा भर्ना भएका उनले पछि बीचमै पढाई छाडेका थिए । त्यसपछि उनले डेल कम्प्युटर कर्पोरशेन स्थापना गरेर सफल भएका थिए ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले पनि हार्भड छाडेर फेसबुकमा सकृय भएका थिए । यद्यपी उनले यसको स्थापना भने कलेजमा अध्ययनरत रहँदै गरेका थिए । सामाजिक सञ्जालमा क्रान्ती ल्याउन सफल उनी विश्वका जवान अर्बपतिमध्येका एक हुन् ।

एप्पलका संस्थापक स्टीभ जब्सको नाम त हामीमध्ये धेरैले सुनेकै छौं । दिवंगत स्टीभ जब्सले पनि रिड कलेजमा पढाई छाडेर आफ्नो ग्यारेजमा सानो कम्पनीको सुरुवात गरेका थिए । त्यस्तै कम्प्युटर प्रोग्राम ओराकल बनाउने ल्यारी एलिसनले पनि युनिभर्सिटी अफ शिकागोमा एक सेमेस्टरपछि पढाई छाडेका थिए । उनी सन् २०१४ मा विश्वका पाँचौं धनी व्यक्ति बनेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com