इरानमा अमेरिका विरोधी प्रदर्शनमा दशौं हजार सडकमा


प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार

अमेरिकाको विशेष सुरक्षा फौजको आक्रमणमा परी इरानका एक जना बरिष्ठ कमाण्डर मृत्यु भएपछि इरानका सडकमा दशौं हजारले अमेरिका विरोधी प्रदर्शन गरिरहेका छन् । इरानको एक विशेष दस्ता कुद्स फोर्स अफ इरान्स रिभोलुसन गार्डका वरिष्ठ कमाण्डर क्वासिम सोलेमानी अमेरिकी आक्रमणमा मारिएका थिए ।

बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सोलेमानी मारिएका थिए । वासिङ्टन र तेहरानबीच विवाद चर्किरहेको बखत अमेरिकी सेनाको कारबाहीमा परी इरानका कमाण्डर मारिएको घटनाले अहिले विश्व राजनीति नै तातेको छ ।

इराकस्थित अमेरिकी दूतावासमा केहीदिन पहिले आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए । इरानले पनि सोलेमानीलाई अमेरिकी सेनाले हेलिकोप्टरबाट आक्रमण गरेर मारेको जनाएको छ । देश बाहिर गोप्य गतिविधिहरू गर्नेगरी सन् १९९८ देखि इरानको क्विड नामक विशेष दस्ता स्थापना गरिएको थियो ।

यसैबीच इरानले आफ्ना सैन्य कमाण्डर मारिएकोमा अमेरिकासँग बदला लिने चेतावनी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com