जापान एयरलाइन्सले ५० हजार विदेशी पर्यटकलाई निशुल्क दुईतर्फी टिकट दिने


प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार

जापान एयरलाइन्सले ५० हजार विदेशी पर्यटकलाई निशुल्क दुईतर्फी टिकट दिने भएको छ । सन् २०२० को जुलाई १ देखि सेप्टेम्बर ३० सम्मको बीचमा जापानभित्रका विभिन्न गन्तब्यमा जानका लागि निशुल्क दुईतर्फी टिकट दिइने भएको हो ।

ओशाका र टोकियोको विमानस्थलबाट जापानका विभिन्न गन्तब्यमा जानका लागि आन्तरिक उडानका दुईतर्फी टिकट दिइने भएको छ । तर त्यसका लागि फरबरी २०२० सम्म आवेदन दिनुपर्नेछ । आवेदन दिएको तीनदिनभित्र आवेदकले कुन स्थानमा जाने भन्ने जानकारी सहित दुईतर्फी टिकट पाउनेछन् ।

आवेदन दिन यहाँ क्लिक गर्नुहोला ।

चारवटा सम्भावित गन्तब्यका लागि टिकट दिइने भनिएपनि गन्तब्य भने गोप्य राखिएको छ । आवेदकले गन्तब्य छनौट गर्न पाउनेछैनन् बरु आवेदकलाई आश्चर्यजनक रुपमा गन्तब्यबारे जानकारी दिइनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आवेदनका लागि योग्य हुनका लागि आवेदक जापान एयरलाइन्सको माइलेज बैंकको विदेशी सदस्य हुनुपर्नेछ । एयरलाइन्सले यो अभियानलाई जापान पर्यटन एजेन्सीसँगको समन्वयमा संचालन गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com