जलवायु परिवर्तनको मर्मसहित न्युयोर्कको टाइम्स स्क्वायरमा सन् २०२० को स्वागत गरिदै


प्रकाशित मिति : पुस १५, २०७६ मंगलबार

जलवायु परिवर्तनको मर्मसहित न्युयोर्कको टाइम्स स्क्वायरमा दशकको विदाई र सन् २०२० को स्वागत गरिदैछ । आज राती १२ बजे न्युयोर्कमा क्रिस्टल बल खसालेर नयाँ बर्षको स्वागत गरिदैछ ।

नयाँ बर्षको स्वागतका लागि दशौं हजार व्यक्ति न्युयोर्कको टाइम्स स्क्वायरमा जम्मा भइसकेका छन् । १२ बज्न केही सेकेण्ड बाँकी रहँदा जलवायु परिवर्तनसँग सम्बन्धित केही शिक्षकहरु र विद्यार्थीहरुले क्रिस्टल बलको बटन थिच्नेछन् । त्यसपछि काउन्टडाउन सुरु हुनेछ र क्रिस्टल बल खसालिनेछ ।

बेलुका ६ बजेदेखि टाइम्स स्क्वायरबाट लाइभ प्रशारण सुरु गरिनेछ भने राती १२ बजेर १५ मिनेट जाँदा नयाँ बर्षको स्वागतसँग समाप्त हुनेछ । विभिन्न मुख्य अमेरिकन टेलिभिजनहरुले न्युयोर्कको टाइम्स स्क्यारमा बल खसालेको लाइभ प्रशारण गर्नेछन् । विभिन्न कलाकारहरुले सांस्कृतिक प्रस्तुतीहरु समेत दिनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कको टाइम्स स्क्वायर नयाँ बर्षको स्वागत गर्नका लागि विश्वको सबैभन्दा सुरक्षित स्थलका रुपमा लिइएको छ । न्युयोर्क प्रहरीले पहिलोपटक ड्रोनमार्फत नयाँ बर्षको स्वागतमा गरिएको उत्सवको निरिक्षण गर्ने भएको छ ।

सुरक्षा व्यवस्था कडापार्नका लागि न्युयोर्कमा हजारौं प्रहरीहरु सिभिल ड्रेसमा खटिएका छन् । ठाउँ ठाउँमा बम सुघ्ने कुकुरहरु पनि तैनाथ रहेका छन् । गतबर्ष बर्षा र बरफिलो हावाका कारण नयाँ बर्षको उत्सव प्रभावित भएपनि यसबर्ष भने प्रभावित नहुने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com