अमेरिकी हवाई आक्रमण लगत्तै इराक रहेको अमेरिकी दूतावासमा यसरी आक्रमण


प्रकाशित मिति : पुस १५, २०७६ मंगलबार

इरान निकटका इराकी प्रदर्शनकारीले इराकको राजधानी बग्दादमा रहेको अमेरिकी राजदूतावासमा मङ्गलबार आक्रमण गरेका छन् ।

अमेरिकी सहयोगमा गत हप्ताको अन्तयमा गरिएका आक्रमणमा करिब दुई दर्जन प्रदर्शनकारी (लडाकू) मारिएपछि बग्दादमा इरान निकट एक समूहले गरेको प्रदर्शनका क्रममा इराकी प्रदर्शनकारीले अमेरिकी राजदूतावासको पर्खाल वरपरबाट आक्रमण प्रयास गरेका स्थानीय सञ्चारमाध्यमले देखाएका छन् ।

केही दिन पहिले हवाई आक्रमणमा इराकी नागरिक मारिएपछि आक्रोशित प्रदर्शनकारीहरूले राजदूतावासको पर्खालमा आगजनी गर्दै राजदूतावास परिसरमा ढुङ्गामुढासमेत गरेका थिए । उनीहरूले अमेरिकाविरोधी नाराहरूसमेत लगाएका बताइएको छ ।

इराकस्थित अमेरिकी राजदूतावासमा प्रदर्शनकारी पुग्न सकेको धेरै वर्षपछि यो पहिले घटना हो । राजदूतावास उच्च सुरक्षासहितको ‘ग्रिन जोन’ रहेको छ र त्यहाँसम्म पुग्न धेरै सुरक्षा जाँचस्थल पार गरेर जानुपर्ने हुन्छ ।

प्रदर्शनकारीहरूले हासेद अल–शावीको झण्डा बोकेका देखिएको र उक्त समूह इराकी सशस्त्र समूहको सिया सञ्जाल रहेको र उसले इरानबाट प्रशिक्षण लिएको दावी गरिएको छ ।

अमेरिकी सैनिकको सामुद्रिक सुरक्षा गार्डले सुरूमा केही राउण्ड गोली चलाएपछि अश्रुग्यासको प्रयोग गरेको बताइएको छ । घटनामा २० जना घाइते भएका हासेदले जनाएको छ ।

यसैबीच केही समय पहिले भ्रष्टाचारविरोधी भनिएको सरकार लक्षित आन्दोलनका कारण राजिनामा दिइसकेका कामचलाउ प्रधानमन्त्री अब्देल मेहदीले राजदूतावासमा पुगेको समूहलाई तत्काल उक्त स्थानबाट बाहिरिन आग्रह गर्नुभएको छ ।

“हामी पुन: आग्रह गर्दछु कि कुनै पनि विदेशी राजदूतावासमाथि आक्रोस व्यक्त गर्ने वा दुब्र्यवहार गर्न सुरक्षा प्रशासनले कडारूपमा निषेध गरिएको छ,” प्रधानमन्त्रीको कार्यालयले आक्रमणको केही घण्टापछि सञ्चारमाध्यममार्फत् जानकारी गराएको छ ।

इराकी सरकारले बग्दाद आक्रमणमा २५ प्रदर्शनकारीको अमेरिकी हवाई आक्रमणबाट मृत्यु भएपछि देशभर तीन दिनको शोक घोषणा गरेको थियो ।

इराकका लागि अमेरिकी राजदूत म्याथु टुलर भने विदाको सन्दर्भमा दुई हप्ताका लागि इराकबाहिर रहेको एक कुटनीतिक स्रोतले एएफपीलाई बताएको छ । तर अन्य कर्मचारी पनि खालि गरिएको छ कि भन्ने प्रश्नमा उक्त स्रोतले जानकारी दिन अस्वीकार गरेको छ । इराकमा अहिले पनि करिब पाँच हजार २०० अमेरिकी सैनिक तैनाद गरिँदै आएको छ ।

 

सुरक्षाकर्मी तैनाथ गर्न ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशको इराकस्थित राजदूतावासको पर्खालमा वरपरसम्म घुसी आगजनी तथा ढुङ्गामुढा गरेको घटनाप्रति गहिरो चासो व्यक्त गर्नुभएको छ ।

उहाँले इराकी सरकारलाई दूतावासको सुरक्षार्थ सुरक्षाकर्मीलाई तैनाथ गर्न आग्रहसमेत गर्नुभएको छ ।

ट्रम्पले आफ्नो ट्वीटरमार्फत जारी सन्देशमा भन्नुभएको छ, “हामी चाहन्छौँ इराकले अमेरिकी राजदूतावासको सुरक्षाका लागि आफ्नो सुरक्षाबल तैनाथ गरोस् ।”

इरान निकट मानिने एक इराकी समूहका लडाकूद्वारा अमेरिकी कुटनीतिक नियोगमा मङ्गलबार दिउसो आक्रमण भएको थियो । सो समूहले सुरक्षाका लागि निर्माण गरिएको बाहिरी पर्खालबाट राजदूतावास भवन नजिकैको पर्खालमा पुगी अमेरिका विरोधी नाराहरू लगाएको थियो । समूहले पर्खाल वरीपरीबाट आगजनी तथा ढुङ्गामुढाको प्रयाससमेत गरेको थियो ।

राष्ट्रपति ट्रम्पले आक्रमण इरानले गराएको भन्दै यसमा तेहरान जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

ट्वीटरमा राष्ट्रपति ट्रम्पले भन्नुभएको छ, “अहिले इरानले गोप्यरूपमा अमेरिकी राजदूतावासमा आक्रमण गर्न पुगेको छ । उनीहरू नै यसका लागि पूर्णरूपमा जिम्मेवार हुनुपर्नेछ ।”

इराकस्थित अमेरिकी राजदूतावासमा प्रदर्शनकारी पुग्न सकेको धेरै वर्षपछि यो पहिले घटना हो । राजदूतावास उच्च सुरक्षासहितको ‘ग्रिन जोन’ रहेको छ र त्यहाँसम्म पुग्न धेरै सुरक्षा जाँचस्थल पार गरेर जानुपर्ने हुन्छ ।

प्रदर्शनकारीहरूले हासेद अल–शावीको झण्डा बोकेका देखिएको सञ्चारमाध्यमहरूले बताएका छन् । उक्त समूह इराकी सशस्त्र समूहको सिया सञ्जाल हो र उसले इरानबाट प्रशिक्षण लिएको बताइने गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com