न्युयोर्कमा ५ जनामाथि चक्कु प्रहार, संदिग्ध आक्रमणकारी पक्राउ


प्रकाशित मिति : पुस १३, २०७६ आईतबार

न्युयोर्कमा शनिबार राति यहूदी मण्डलीका पाँच सदस्यमाथि चक्कु आक्रमण भएको छ । हनुक्काहको सातौं रातको उत्सवमा जबर्जस्ती घुसेको एक व्यक्तिले मासु काट्ने दाउजस्तो चक्कुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

रकल्याण्ड काउन्टीमा राती १० बजे एउटा उत्सव मनाइरहेका झण्डै एकसय जनाको समुहमा आक्रमण भएको थियो । आक्रमणकारीले जसलाई मन लाग्यो उसैलाई अन्धाधुन्द चक्कु हानेको थियो । घटना एकजना यहुदी धर्मगुरुको घरमा भएको थियो ।

यही घरमा भएको थियो चक्कु आक्रमण ।

घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । एकजनाको अवस्था भने गम्भिर रहेको जनाइएको छ ।

संदिग्ध आक्रमणकारी हार्लम निवासी ३८ बर्षको ग्राफ्टन थोमस भएको जनाइएको छ । उसलाई न्युयोर्कको ग्रिनउड लेकबाट आइतबार विहान पक्राउ गरिएको थियो । कपडामा रगतको टाटा देखेपछि प्रहरीले रोकेर पक्राउ गरेको थियो ।

आक्रमणको निन्दा गर्दै न्युयोर्क गभर्नर ।

संदिग्ध आक्रणकारीलाई हत्या प्रयासका पाँच अभियोग लगाइएको छ । उसले आफूबिरुद्धको अभियोग अस्वीकार गरेको छ । तर उसलाई ५० लाख डलर जमानत तोकेर हिराशतमा राखिएको छ ।

घटनापछि स्तब्ध यहुदी समुदायका व्यक्ति ।

पहिलो तस्वीरमा संदिग्ध आक्रणकारी ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com