८ घण्टासम्म सुत्छन् बिल गेट्सदेखि जेफ बेजोससम्मका सफल व्यक्ति


प्रकाशित मिति : पुस १३, २०७६ आईतबार

संसारका कैयन सफल व्यक्तिहरु ७ देखि ८ घण्टासम्म सुत्नेगरेको खुलासा भएको छ । विगत केहीबर्षदेखि पहिलो र दोश्रो नम्बरमा रहदै आएका विश्वका धनी र सफल व्यक्तित्वहरु बिल गेट्स र जेफ बेजोस ७ देखि ८ घण्टासम्म सुत्ने गरेका छन् ।

एप्पल कम्पनका सीईओ टीम कुकदेखि गायक डली पार्टनसम्मले विहान छिटो उठ्दा उक्त दिनबाट अधिकतम लाभ उठाउन सकिने बताएका छन् । तर जब उत्पानदशीलता, स्वास्थ्य र सफलताको कुरा आउँछ, रातीमा पूर्णरुपमा सुत्नु अत्यन्तै महत्वपूर्ण हुन्छ ।

ईकमर्स बिजनेश सोपीफाईका सीईओ टोबियस लुत्केले बिहिबार ट्वीट गर्दै आफू पूरैरात सुत्नेगरेको बताएका छन् । आफूलाई सुत्नका लागि ८ घण्टा चाहिने बताएका छन् ।

बिल गेट्सले आफू माइक्रोसफ्टमा आफ्नो क्यारियरको शुरुमा नियमित रूपमा सबै रातहरु नसुतेरै बिताउने गरेको बताएका छन् । आफू क्याफिना आधारित रहेर जाथा बस्ने र आफू कामको शिकार भएकाले निद्रालाई नै अल्क्षीको रुपमा लिने गरेको बताएका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

तर अहिले भने अरबपति माइक्रोसफ्टका यी संस्थापकको आँखा हरेक राती कम्तिमा सात घण्टा बन्द हुन्छ । आफूले आफैलाई विश्वस्त पार्दा पनि सबै मानिसहरूलाई कम्तीमा यति निद्रा आवश्यक रहेको उनको भनाई छ ।

त्यस्तै अरबपति उद्यमी र चिनियाँ ईकमर्श साइट अलीबाबाका संस्थापक ज्याक माले निद्रा तनाव र समस्या समाधान गर्नका लागि महत्वपूर्ण रहेको बताएका छन् । यदि आफू राम्रोसँग ननिदाएपनि समस्या त्यही नै रहने भन्दै उनले यदि राम्रोसँग सुतेमा आफूसँग लड्न अझ राम्रो मौका हुने बताएका छन् ।

अनुसन्धानले पनि उनको बानीलाई समर्थन गर्दछ । अध्ययनहरूका अनुशार निद्रा अभावले रचनात्मकता र स्मरणशक्तिमा नकारात्मक असर पार्छ ।

त्यस्तै अमेजनका संस्थापक र सीईओ जेफ बेजोसले आठ घण्टा निद्राले उनलाई वरिष्ठ कार्यकारीलाई आवश्यक पर्ने उच्चस्तरीय निर्णय लिन मद्दत गर्दछ ।

आठ घण्टा निद्राले आफ्नो लागि ठूलो फरक पार्ने र आफूले यसलाई प्राथमिकतामा राख्न कडा कोसिस गर्ने उनको भनाई छ ।

त्यस्तै एनबीए स्टार लेब्रोन जेम्सको कामका लागि आफूले मानसिक र शारीरिक रुबै रुपमा उच्चतम प्रदर्शन गर्नु पर्ने भएकाले निद्राले त्यसको रिकभर गर्ने बताएका छन् । उनले हरेक रात कम्तीमा ८ घण्टा र कहिलेकाँही ९ घण्टासम्म सुत्ने गरेको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com