बाल यौनदुराचार अपराधमा इन्टरपोलको कालोसूचीमा रहेका एक अमेरिकन नागरिकलाई अध्यागमनले विमानस्थलमै पक्राउ गरेको छ । भारतीय मूलका अमेरिकन नागरिक प्रिया द्वारकडासलाई अध्यागमले सोमबार पक्राउ गरेको हो । एक दिन थुनामा राखी मंगलबार उनलाई अमेरिका नै फर्काइएको छ ।
बाल यौनदुराचार मुद्दामा दोषी भई जेल बसेर छुटेको खुलेपछि फर्काएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए । बाल यौन दुराचारसम्बन्धी अपराधकै लागि नेपाल आएको आशंकामा अध्यागमनले फर्काइदिएको हो । उनको पासपोर्टमा नै बालयौनदुराचार मुद्दामा जेल बसेर छुटेको व्यक्ति भनेर उल्लेख गरिएको थियो ।
पर्यटकको आवरणमा धेरै विदेशी बाल यौन दुराचारका लागि नेपाल आउने गरेको खुलेको छ । गत २२ मंसिरमा मात्र सिआइबीले एक अमेरिकन नागरिकलाई सिनामंगलबाट पक्राउ गरेको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।