ब्राजिलका पूर्व राष्ट्रपति लुलालाई अर्को अभियोग


प्रकाशित मिति : पुस ११, २०७६ शुक्रबार

ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई फेरी अर्को अभियोग लगाइएको छ ।

संघीय प्रहरीले उहाँलाई बिहीबार भ्रष्टाचार सम्वन्धी अर्को अभियोग लगाएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति कार्यालय छोडेपछि उहाँले स्थापना गरेको निर्माण कम्पनी ओडेब्रेचमार्फत् उहाँले भ्रष्टाचार गरेको अभियोग लगाइएको छ ।

प्रहरीकाअनुसार सन् २०१३ को डिसेम्बर देखि २०१४ को मार्चसम्ममा त्यस संस्थामा जम्मा गरिएको रकमका बारेमा प्रहरीले आशंङ्का गरेको हो ।

लुलाको संस्थाका प्रमुख पाउलो ओकामोटो र पूर्व अर्थ मन्त्री एन्टोनीयो पालोस्सीलाई पनि भ्रष्टाचार र मुद्रा अपचनल सम्वन्धी अभियोग लगाइएको छ । लुलाको राष्ट्रपतिको कार्यकाल सकिएपछिको विषयलाई लिएर अभियोग लगाउनु पूर्वाग्रहपूर्ण भएको लुलाका वकिलहरुले बताएका छन् । लुलाको पछिल्लो राष्ट्रपतिय कार्यकाल सन् २०१० मा सकिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लुलाको कारोबार सामान्य र नियमित नै देखिने र कुनै अस्वभाविक नदेखिने उहाँका वकिलहरुको भनाई छ ।
यसअघि अर्कै अभियोगमा दोषी ठहर भएर कारागार पठाइएका लुला केही महिना अगाडी मात्रै जेलमुक्त हुनुभएको थियो ।

ब्राजिलको दक्षिणी क्षेत्रमा पर्ने कुरितिबास्थित संघीय प्रहरी मुख्यालयमा उहाँले जेलजीवन बिताउनु भएको थियो ।
वर्कर्स पार्टीका नेतासमेत रहेका पूर्वराष्ट्रपति लुलालाई सन् २०१७ मा भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै कारागार चलान गरिएको थियो ।

ब्राजिलमा एउटा मुद्दामा तीनपटकसम्म पुनरावेदन गर्न पाउने नयाँ व्यवस्थाका कारण पुनरावेदनका लागि निवेदन दिएकोले सो मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि उहाँ थुनामुक्त हुनुभएको हो । पूर्व राष्ट्रपति लुलाले आफूमाथि राजनीतिक पूर्वाग्रहका आधारमा विभिन्न आरोप र अभियोगहरु लगाइएको भन्दै आरोपको खण्डन गर्दै आउनु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com